खेतमा गएका महतोको शव उखुँबारीमा
पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी

२०७५ मंसिर २६ बुधबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नं. २ को महोत्तरीमा खेतमा काउली हेर्न गएका एक पूरुषको शव (लास) नजिककै उखुँबारीमा भेटिएको छ ।
महोत्तरीको औरही नगरपालिका वडा नं. २ फूलबरिया बस्ने स्थानीय शिवशरण महतोका ४० बर्षिय छोरा बेचु महतो नजिकको उखुँबारीमा मृत भेटिएका हुन् । गएराती करिब १ बजे उनी आफ्नो खेतमा लगाएको काउली हेर्न बाहिर निस्केका थिए ।
राती काउली हेर्न निस्केका महतो धेरै बेरसम्म नआएपछि उनका छोराहरुले खोजी गर्न खेत तर्फ गएका थिए । खेतमा बुवालाई नपाएपछि विच्चलित हुँदै स्थानीयहरुलाई खवर गरेका थिए । स्थानीयहरुले प्रहरीलाई खवर गरे लगत्तै गएका प्रहरी टोलीले उनको शव स्थानीय रामराज ठाकुरको उँखुबारीमा फेला पारेको हो ।
गाउँभन्दा करिब ५०० मिटरको दुरीमा पूर्व तर्फ महतोको काउलीबारी रहेको छ । जँगलबाट आउने गरेको नीलगाईले तरकारी खेती बर्बाद पार्ने गरेको भन्दै निलगाई धपाउन राती खेत गएका महतो मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महतोको शरिरमा निलडाम देखिएको छ । उनको घाँटी थिचेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । यस घटनाबारे थप अनुसन्धान पश्चात मात्र थप जानकारी आउने अनुसन्धान शाखाका प्रहरी नीरिक्षक विज्ञान बस्नेतले बताए ।
महतोको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…