सुनसरीमा लागूऔषध सहित १ पक्राउ !
गुरुङलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको ।

२०७५ मंसिर २४ सोमबार, दिउँसो १२:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका ४ बसन्त टोलबाट प्रहरीले लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा सहित ईलाम सन्दकपुर गाउँपालिका ४ बस्ने बर्ष १८ को रोशन गुरुङलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा हिडिरहेका गुरुङलाई चेकजाँच गर्ने क्रममा २ सय ग्राम लागूऔषध गाँजा फेला पारी बरामद गरिएको हो ।
गाँजा सहित पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…