निसहाय बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा
स्वास्थ्य जाँच पश्चात् लाग्ने सम्पुर्ण औषधि समेत निःशुल्क

२०७५ मंसिर २४ सोमबार, दिउँसो १२:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । दुहबी ३ स्थित रहेको निजि सुनसरी सामुदायिक अस्पताल प्रालिले दुहबी ५ मा रहेको निसहाय बालबालिका सेवा आश्रमका १५ जना बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।
सुनसरी सामुदायिक अस्पतालमा बालबालिकाहरुलाई रगत जांच, दिसापिसाब, लगायतको सेवा निशुल्क गरिएको थियो । बालबालिकाहरुलाई स्वास्थ्य जाँच पश्चात् लाग्ने सम्पुर्ण औषधि समेत निशुल्क गरिने अस्पताल संचालक सन्तोष कुमार सिंहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…