बम आतंकप्रति काँग्रेसको भत्र्सना
गगन थापा उपर बम प्रहार

२०७४ मंसिर १९ मंगलबार, राति ११:०७ बजे१ मिनेट पढाइ

काठमाडौँ, १९ मंसिर : नेपाली काँग्रेसले निर्वाचन प्रभावित गर्ने मनसायले भएका बम आतंकप्रति भत्र्सना गरेको छ ।
काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले सुनियोजित षडयन्त्रबाट भएका यस्ता क्रियाकलापप्रति कतिपनि विचलित
नहुन आम मतदातालाई अपिल गर्नुभएको छ ।
उहाँले शान्तिपूर्ण एवं निर्वाधरुपमा निर्वाचनमा सहभागी हुन पाउने नागरिकको नैसर्गिक अधिकारको विरोध गर्ने र लोकतान्त्रिक संस्कारको उपहास गर्ने आपराधिक घटनाको मुकाविला गर्न काँग्रेस तयार रहेको उल्लेख गर्नुभएको छ ।
मुख्यसचिव पौडेलले आपराधिक घटना नियन्त्रण गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन तथा त्यस्ता घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइ कारबाही गर्न सरकारसमक्ष माग गर्नुभएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री तथा डडेल्धुरा जिल्ला प्रतिनिधिसभाका उम्मेदवार बस्नुभएको होटल नजिक कैलालीको धनगढीमा बम फेला परेको उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…