मिर्चैयामा ‘योग भवन’ शिलान्यास, सहयोगीको ओईरो
योगले समाजलाई हरेक दृष्टिकोणबाट विकासको दिसामा लैजाने ।

२०७५ मंसिर १८ मंगलबार, दिउँसो ३:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा योग भवन निर्माण हुने भएको छ । मिर्चैया नगरपालिका–८ मा अवस्थित पूर्वपश्चिम राजमार्गदेखि करिब १ किलोमिटर उत्तरमा निर्माण हुन लागेको योग भवनको मंगलबार एक समारोहबीच विधिवत् रुपमा शिलान्यास गरिएको छ ।
२ कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गामा नियमित योग गर्नका लागि तथा नगर योग कार्यालयका लागि भवन निर्माण गर्न लागिएको हो । निर्माण हुन लागेको सो भवनका लागि रामभरोष साह मेमोरियल ट्रष्टका अध्यक्षसमेत रहेका स्थानीय समाजसेवी रामप्रताप साह (भोला) ले २ कठ्ठा जग्गा दान गरेका छन् । जग्गाको अनुमानित मूल्य करिब ३० लाख रुपैयाँ रहेको बताइएको छ ।
स्थानीय दाताहरुकै आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनका लागि सहयोगीहरुले उत्तिकै हात अघि बढाएका छन् । कार्यक्रममै धेरैजना स्थानीय दाताहरुले आर्थिक रकम सहयोग गरेका छन् भने केहीले भौतिक समाग्री सहयोग गर्ने उद्घोष गरेका छन् ।

निर्माण हुन लागेको भवनको निर्माणको काम तीन–चार महिनाभित्रै सकाउने नगर योग समितिको लक्ष्य छ । कार्यक्रममा वक्ताहरुले परम्परागत उपचार पद्धतिका रुपमा वैकल्पिक चिकित्साको महत्व रहेको र योगले समाजलाई हरेक दृष्टिकोणबाट विकासको दिसामा लैजाने विश्वास व्यक्त गरे ।

मिर्चैया नगरपालिका–८ का वडाध्यक्ष जगत नारायण यादवको अध्यक्षतामा भएको शिलान्यास समारोहमा प्रमुख अतिथिका रुपमा सिरहा निर्वाचन क्षेत्र नं. ४ ‘क’ का प्रदेशसभा सदस्य दिलिप साह, पतञ्जली योग समिति नेपाल प्रदेश २ का प्रमुख हरिहर चौधरी, पतञ्जली योग समिति मिर्चैयाका नगर अध्यक्ष अकलदेव सिंह, सचिव रामप्रताप यादव, उपाध्यक्ष भरत महासेठ, मन्त्री संतोष महतो, सदस्य किशोरी साह, सल्लाहकार प्रदीप तिवारी लगायत स्थानीय व्यापारी, बुद्धिजीवी, नागरिक समाज, स्थानीयबासी, विभिन्न संघ संस्थाका पदाधिकारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरुलाई दोसला र माला लगाएर सम्मान समेत गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…