दुई सय जनाले निशुल्क आँखाको ज्योती पाए
मनिष शर्मा, महोत्तरी । महोत्तरी जिल्लाको विभिन्न स्थानमा गरिएको आँखा शिविरबाट झण्डै २०० जना प्रत्यक्ष लाभान्वित भएका छन् । महोत्तरीको ५ स्थानमा शिविर लगाई पार्टनर फर इक्वेटीको आर्थिक सहयोग र नेपाल नेत्र ज्योती संघ,सगरमाथा चौधरी आँखा अस्पताल लहान को सहयोगमा देखा परेको २७९ मध्ये दुइसयजना मोतिया विन्दु

२०७५ मंसिर १६ आइतबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ

मनिष शर्मा, महोत्तरी । महोत्तरी जिल्लाको विभिन्न स्थानमा गरिएको आँखा शिविरबाट झण्डै २०० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
महोत्तरीको ५ स्थानमा शिविर लगाई पार्टनर फर इक्वेटीको आर्थिक सहयोग र नेपाल नेत्र ज्योती संघ,सगरमाथा चौधरी आँखा अस्पताल लहान को सहयोगमा देखा परेको २७९ मध्ये दुइसयजना मोतिया विन्दुका विरामीलाई लहान लगि निशुल्क शल्यकृया गरि पुनः आँखाको ज्योती फर्काइएको हो ।
जिल्लाको महोत्तरी गाउपालिकाको सोनुषडा,बल्वा नगरपालिका,मनरा सिस्वा नगरपालिका वडा नं. ५ सिस्वा कटैया,पिपरा र जलेश्वरमा शिविरमा लगाईएको थियो ।
सो शिविरमा एक हजार १८० जनाले आफ्नो आँखाको जाँच गराएका थिए तथा २०० जनालाई शल्यकृया गराउन सगरमाथा चौधरी आँखा अस्पताल लहान लगिएर शल्यकृया गराई तत पश्चात पुनः फर्काइएकोे आँखा उपचार केन्द्र जलेश्वरका प्रमुख विरेन्द्र कुमार यादवले बताएका छन् ।
भविष्यमा पुनः जलेश्वर मै शल्यकृया हुने खालको व्यवस्थापन भैरहेको यादबले वताएका छन् । नेपाल नेत्रज्योती संघ र नेपाल रेडक्रस सोसाईटी महोत्तरी द्वारा संचालित आँखा उपचार केन्द्र जलेश्वरकै माथिल्लो भवनमा शल्यकृया भवन निर्माणाधिन रहेको र उक्त भवन सुचारु हुनासाथ जलेश्वरका आँखा समबन्धी विरामीहरुलाई अन्यत्र जाने समस्या नरहने समेत उनले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…