जनकपुरको मोबाईल पसलमा चोरी
विनय कुमार यादव,, जनकपुरधाम । जनकपुरमा गएराती एक मोबाईल पसलमा चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मिल्य एरिया स्थित रहेको अम्बिका मोबाईल रिपेंरिँग सेन्टरमा तीन ओटा ताल्चा फुटाउँदै चोरी गरेका छन् । गएराती करिब २ बजेको समयमा चोरहरुको समूहले सटरको ताला फुटाएर मोबाईल पसलमा करिब डेढ लाख मूल्

२०७५ मंसिर १४ शुक्रबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ

विनय कुमार यादव,, जनकपुरधाम । जनकपुरमा गएराती एक मोबाईल पसलमा चोरी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मिल्य एरिया स्थित रहेको अम्बिका मोबाईल रिपेंरिँग सेन्टरमा तीन ओटा ताल्चा फुटाउँदै चोरी गरेका छन् ।
गएराती करिब २ बजेको समयमा चोरहरुको समूहले सटरको ताला फुटाएर मोबाईल पसलमा करिब डेढ लाख मूल्य बराबरको चोरी गरेको पसल सँचालक दिनेश मुखियाले बताए ।
पसलबाट मोबाईलहरु झोलमा हालेर चोरी गरी भाग्न खोज्दा प्रहरी पुगेका थिए ।
प्रहरीलाई हेर्ने वित्तिकै उनीहरुलाई झोला छाडेर भागेको तथा एउटमा मात्र मोबाईल लिएर भाग्न सफल भएको बताइएको छ । उक्त मोबाईल १२ हजारको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…