योगी आदित्यनाथ जनकपुर आउने जानकारी छैन : कानुनमन्त्री यादव
योगी आदित्यनाथ र भारतका केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिँह सँगै आउने जानकारी

२०७५ मंसिर ८ शनिबार, बिहान ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाहमहोत्सव (विवाहपँचमी) मा भारत युपीका मुख्यमन्त्री योगी आउने जानकारी नभएको प्रदेशका मन्त्रीले बताएका छन् ।
उत्तर प्रदेश (युपी)का मुख्यमन्त्री विवाहपँचमीमा जनकपुरधाम जन्ती बनेर आउने चर्चा तथा स्वागतको तयारी जोडतोडले चलिरहेको बेला योगी आदित्यनाथ जनकपुरधाम आउन लागेको बारे औपचारिक जानकारी नभएको प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुुनमन्त्री ज्ञानेन्द्र यादवले दाबी गरेका छन् ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सांसदहरुका जिज्ञासा उपर जवाफ दिँदै उनले योगी आदित्यनाथ आउने विषयमा प्रदेश सरकारलाई जानकारी नभएको तर विवाह महोत्सवमा आउने अतिथिको भव्य तरिकाले स्वागत गरिने बताए ।
यसअघि नै नेपालको लागि भारतीय राजदूत मञ्जिव सिँह पुरीले प्रदेशका मुख्यमन्त्री मो. लालबाबू राउतलाई योगी आदित्यनाथको जनकपुरधाम भ्रमण तथा स्वागत र सुरक्षाको तयारीको बारेमा छफफल गरेका थिए ।
छलफलसँगै प्रदेश नं. २ का सरकारले मुख्यमन्त्री योगीको स्वागतमा १ हजार १ मूर्ते साधुसन्तको भण्डारा समेत गर्ने प्रतिक्रिया र तयारी दर्साएपनि अहिले कानुनमन्त्री यादवले योगीको भ्रमण बारे अनभिज्ञता जनाएपछि खलबली मच्चिएको छ ।
युपीका मुख्यमन्त्री योगीको स्वागतकोे लागि जनकपुरधाम उपमहानगरपालिका एवम् जानकी मन्दिरका महन्तले आन्तरिक तयारी बडो जोडतोडका साथ गरिरहेका छन् भने प्रदेश सरकारले समेत उनको स्वागत तयारी थालेका छन् ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आएपछि जनकपुरधामको पर्यटकीय वृद्धि भएको छ भने यसपाली विवाहपँचमी महोत्सवमा हिन्दुवादी नेता मानिएका युपीका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएपछि जनकपुरमा पर्यटकीय सम्भावना झन बढने विश्वास लिइएको छ ।
योगी आदित्यनाथ र भारतका केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिँह सँगै आउने जानकारी रहेको छ ।
यस सम्बन्धी पछिल्लो समाचारहरु
विवाहपँचमीमा राजनाथ सिँह र योगी जन्ती (बाराती) आउने
जनकपुरधाममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागत तयारी
योगीको स्वागतमा १००१ मुर्तेको भण्डारा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…