विवाहपँचमीमा राजनाथ सिँह र योगी जन्ती (बाराती) आउने 

मुख्यमन्त्री लालबाबु राउतद्वारा स्वागत गरिने तयारी भइरहेको |

२०७५ कार्तिक २७ मंगलबार
दिउसो १:३१ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर : Google.com


न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सव (विवाहपँचमी) मा भारतका गृहमन्त्री र एक राज्यका मुख्यमन्त्री जन्ती (बाराती) बनेर आउने भएका छन् ।

 

 

आउँदो मँसिर २६ गते जनकपुरधाममा धुमधाम र भव्यताका साथ मनाउने विवाहपँचमीमा भारत केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउने भएका छन् ।


वर्षौदेखि भव्यताका साथ मनाउँदै आएको तथा मधेस र मिथिलाञ्चलको महा उत्सवको रुपमा मनाइने विवाहपँचमी महोत्सवमा यसपाली भारतका गृहमन्त्री सिँह र युपीका मुख्यमन्त्री योगी आउने निश्चित भएको जानकी मन्दिरका छोटा महन्त राम रोशन दास बैष्णवले जानकारी दिए । 

 

दिपावलीका दिन अयोध्या पुगेर मुख्यमन्त्री आदित्यनाथले नै जनकपुरमा विवाहपञ्चमी महोत्सवका दिन जन्ती बनेर जनकपुरधाम जाने भनेर घोषणा गर्नुभएको थियो,’ वैष्णवले भने, ‘उहाँसँगै गृहमन्त्री सिंह पनि आउने छन् । त्यसको जानकारी भारतीय राजदूतावासमार्फत् समेत मलाई गराइसकिएको छ ।’

 

विगतमा भारतको अयोध्याबाट साधुसन्त मात्र जन्ती बनेर आउने गरेका थिए । यसपालि भारत सरकारकै मन्त्री उपस्थित हुने हुँदा जनकपुरमा पनि मुख्यमन्त्री लालबाबु राउतद्वारा स्वागत गरिने तयारी भइरहेको महन्थ वैष्णवले बताए ।

 

 


पत्रकार अजय अनुरागी र लोकान्तर अनलाईनको सहयोगमा
यो समाचारको ओरिजनल लिंक : http://lokaantar.com/samachar/60767?fbclid=IwAR1DbrcAUPoHCzqctj9l9WsnigyZZ4HUmSsdBbRPe6k0BPOTz8SfKQ6xWD8

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७५ कार्तिक २७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus