मोटरसाइकलको ठक्करबाट १ को मुत्यु !
न्यूज ब्यूरो, रामेछाप । मोटरसाईकलले ठक्क दिँदा रामेछापमा एक जनाको मृत्यू भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका– १ भैसेश्वरमा शुक्रबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट मन्थली नगरपालिका–६ हात्तिटारका ५५ वर्षिय काले माझीको मृत्यु भएको हो । ठक्कर

२०७५ मंसिर ७ शुक्रबार, राति ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रामेछाप । मोटरसाईकलले ठक्क दिँदा रामेछापमा एक जनाको मृत्यू भएको छ ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका– १ भैसेश्वरमा शुक्रबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट मन्थली नगरपालिका–६ हात्तिटारका ५५ वर्षिय काले माझीको मृत्यु भएको हो ।
ठक्कर पछि घाइते भएका माझीको तामाकोशी सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिए । मोटरसाइकल चालक गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नं. ८ घर भइ हाल मन्थलीमा रहेको सेन्चुरी कर्मशियल बैंकमा कार्यरत थिए ।
मोटरसाइकाल चालकको साथमा सवारी चालक अनुमती पत्र समेत नभएको प्रबक्ता अदालतले जानकारी दिए । चालक अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…