आजदेखि लाईसेन्सको फाराम खुल्यो !
अनलाईन फाराम विहान १०ः०० बजदेखि मात्र खुल्ने जनाइएको छ ।

२०७५ मंसिर ७ शुक्रबार, बिहान ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कैयौँ महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र ( लाईसेन्स) को फाराम आजदेखी खुल्ला भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले मँसिर ७ गतेदेखि पुनः सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि आवेदन लिने सूचना जारी गरेको हो ।
तीनचक्के, चारचक्के वा त्यसबढी पांग्राको लागि लाईसेन्सको फारम नियमित लिंदै आएपनि दुई चक्के ( दुई पाँग्रा) सवारी मोटरसाईकल, स्कूल, मोपेडको लागि भने आवदेन बन्द गरिएको थियो ।

यसअघि एक पटक आवेदन लिएपनि देशभरिकै आवेदन रद्द गर्दै त्यसदिनदेखि अनलाईन आवेदन बन्द नै गरिएको थियो भने पुनः शुक्रबारदेखि खुल्ला भएको छ ।
गत बैशाख ७ गतेदेखि खुल्ला गरिएको अनलाईन आवेदन लाखौँको सँख्यामा सवारी चालकहरुले आवेदन भरेपनि जेठ २३ गते यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै लिइएको आवेदनलाई रद्द गरेको थियो भने त्यसपछि आवेदन नलिने निर्णय समेत गरेको थियो ।
विहिबार पुनः एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबारदेखि अनलाईन फाराम खुल्ला गरिएको र अनलाईन आवेदनको लागि आग्रह समेत गरेको हो । अनलाईन फाराम विहान १०ः०० बजदेखि मात्र खुल्ने जनाइएको छ ।
अनलाईन फारम भर्नको लागि यो लिंकमा क्लीक गर्नुहोस् : Online Registration Form
यस सम्बन्धी पुराना समाचारहरु
लाईसेन्सको लागि अब अनलाईन फाराम खुल्यो
लाईसेन्सको आवेदन बन्द , भरेको फाराम पनि रद्द !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…