लाईसेन्सको लागि अब अनलाईन फाराम खुल्यो
जनकपुरधाम, २५ पुस । यातायात व्यवस्था कार्यालय जनकपुरले आजदेखि अनलाईन सेवा सुरु गरेको छ । कार्यालयले एक सुचना जारी गरी यातायात व्यवस्था कार्यालयको वेभसाईट www.dotm.gov.np मा गई लाईसेन्सको फाराम भर्न सकिने जनाएको छ । आज र भोली गरी दुई दिन मोटरसाईकल, स्कुटर, मोपेड अर्थात दुई चक्के सवारीको लागि आवेदन भर

२०७४ पुस २५ मंगलबार, बेलुकी ५:२० बजे१ मिनेट पढाइ

जनकपुरधाम, २५ पुस । यातायात व्यवस्था कार्यालय जनकपुरले आजदेखि अनलाईन सेवा सुरु गरेको छ ।
कार्यालयले एक सुचना जारी गरी यातायात व्यवस्था कार्यालयको वेभसाईट www.dotm.gov.np मा गई लाईसेन्सको फाराम भर्न सकिने जनाएको छ ।
आज र भोली गरी दुई दिन मोटरसाईकल, स्कुटर, मोपेड अर्थात दुई चक्के सवारीको लागि आवेदन भर्न सकिनेछ भने, चारचक्के कार, जीप र डेलिभरी भ्यानको लागि समेत आजदेखि फाराम खुल्ला गरिएको छ ।
www.dotm.gov.np फाराम बाट भरी चाहिने आवश्यक कागजातहरु समेत बुझाउनुपर्ने हुन्छ जसलाई बायोमेटिरिक भनिएको छ ।
बायोमेटरिक अन्तर्गत फोटो खिच्ने तथा मेडिकल जाँचका साथै शुल्क बुझने कार्य हुनेछ ।
फोटो खिचेको भोलीपल्ट लिखित परीक्षा तथा परीक्षाको नजिता प्रकाशित भएपछि भोलीपल्ट टरायल लिइने छ ।
लिखित सबै समूहको याज्ञबलक्य सँस्कृत विद्यालयमा हुनेछ भने टरायल दुईचक्केको त्यही स्थानमा तथा चारचक्केको लागि मुजेलियामा हुने जनाइएको छ ।
अनलाईन फाराम भर्न भएपछि सेवाग्राहीहरु सहजता महसुस गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…