लाईसेन्सको आवेदन बन्द , भरेको फाराम पनि रद्द !
न्यूज ब्यूरो | जनकपुरधाम, २८ जेठ । यातायात व्यवस्था विभागले लाईसेन्सको लागि लिने आवेदन बन्द गरेको छ । विभागले एक सुचना जारी गर्दै जनकपुर लगायत विभिन्न कार्यालयबाट लिँदै आएको सवारी लाईसेन्सको आवेदन लिने कार्य बन्द गरेको जनाएको छ । जनकपुर लगायत लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, धौलागिरी, राप्ती, कर्णाल

२०७५ जेठ २८ सोमबार, बिहान १०:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ जेठ । यातायात व्यवस्था विभागले लाईसेन्सको लागि लिने आवेदन बन्द गरेको छ ।
विभागले एक सुचना जारी गर्दै जनकपुर लगायत विभिन्न कार्यालयबाट लिँदै आएको सवारी लाईसेन्सको आवेदन लिने कार्य बन्द गरेको जनाएको छ ।
जनकपुर लगायत लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, धौलागिरी, राप्ती, कर्णाली, एकान्तकुना, सुकेधारा, जगाति, ठूलो भर्याङ, कोशी, नारायणी, भेरी, सेती र महाकालीका कार्यालयलाई अनलाइन फारम रद्द गरिएको आदेशाज्ञा गरेको हो ।

यसका साथै अनलाईन मार्फत जेठ महिनामा असार महिनाका लागि भरिएका फारम पनि नलिन विभागले निर्देशन दिएको हो ।
हालसम्म खुलाइएको अनलाइन फारमको ट्रायल असार १५ भित्र सक्नुपर्ने भएकाले यस आर्थिक वर्षमा कुनै पनि फारम नलिन विभागले कार्यालयहरुलाई निर्देशन दिएको छ।
अनलाइनबाट फारम भरेकाहरुको असार मसान्तसम्म रिट्रायल सकेर राजश्व लगायतको हिसाव मिलान गर्नुपर्ने कारण देखाउँदै विभागले लाइसेन्सको फारम लिन बन्द गरेको हो।
विभागका प्रवक्ता तुल्सीराम अर्यालले फारम भरेकाहरुको ट्रायल लिन करिब १५÷२० दिन लाग्ने र त्यसपछिको अवधि यस आवको संकलित राजश्वको हिसाव मिलाउन लाग्ने जानकारी दिए।
साथै असार महिनाका लागि भरेको अनलाइन फारम पनि रद्द गरिने विभागले जनाएको छ। मुलुकभरबाट सरदर दैनिक झण्डै ५ हजारले लाइसेन्सका लागि आवेदन दिने गरेका छन्।
जनकपुरबाट मात्र हजारौँको सँख्यामा सेवाग्राहीले अनलाईन फाराम भरेका छन् । भरेको फाराम रद्द हुनेभएपछि खिन्नता प्रकट गरेका छन् ।
आवेदन फाराम रोक्दा दुई लाख बढी सर्वसाधारण प्रभावित हुने भएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…