धनुषामा एक युवा उपर साँघातिक आक्रमण
आक्रमण गर्ने यूवकहरु बलि यादबको छोरा सञ्जय यादब र नबिन याादब रहेका छन ।

२०७५ मंसिर ७ शुक्रबार, बिहान ६:३५ बजे१ मिनेट पढाइ

कुलदिप दास, जनकपुरधाम । धनुषामा विहिबार अपरान्ह एक युवक उपर साँघातिक आक्रमण भएको छ ।
धनुषाजिल्लाको लक्ष्मीनियाँ गाउपालिका वडा नं. २ सिंगुरजोरा बस्ने प्रकास यादव उपर बिहिबार केही युवाहरुको समूहले रड र हेल्मेट प्रहार गर्दै ज्यान मार्ने प्रयास गरिएको प्रहरीले जनाएको छ ।
विहिबार अपरान्ह यादव सिंगुरजोरा बाट घरको लागि दैनिक उपभोव्य वस्तु लिन भारतको भिठाममोड गइरहदाँ धनुषाको लखौरीमा २ ३ जना संग विवाद भएको तथा ती युवाहरुको समूहले प्रकाशको मोटरसाइकल रोकी घेरा हालेर बलपूर्वक मोटरसाईकल आफूहरु चलाउने भनेपछि प्रकाले इन्कार गरेका थिए ।
घाईते यादवका अनुसार, ति समुहले लखौरीमा उनलाई केहि नगरी उनको गाउँ सिंगुरजोरामा गएर हेल्मेट तथा रडले टाउकोमा हान्दा गम्भिर घाईते भएको हो । उनले भने, ‘बचाउनु–बचाउनु भन्न थालेपछि मलाई हेल्मेटले हान्यो, म पनि अचेत भए । पछि खासै कुरा थाहा पाउनै सकिन् ।’
उनलाई स्थानीय स्तरमा उपचार सम्भव नभएपछि अञ्चल अस्पतालमा ल्याइयो तर यहाँबाट पनि घण्टौ बित्दा केहि सुधार नभएको चिकित्सकहरुको कथन थियो ।
आक्रमण गर्ने यूवकहरु बलि यादबको छोरा सञ्जय यादब र नबिन याादब रहेका छन । उनीहरु उनकै साथी रहेको बुझिएको छ । घाईतेको थप उपचार जारी नै रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…