मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु
गौर, रौतहट, १९ मंसिर : रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो । रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उ

२०७४ मंसिर २० बुधबार, राति १२:४८ बजे१ मिनेट पढाइ

गौर, रौतहट, १९ मंसिर : रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ ।
स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो ।
रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ तीन टुक्रा बनेकोे कोपवा पिपरीया इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अरुणकुमार सिंहले बताउनुयभो ।
मृत्तक रामपतियाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…