कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सिटमुनी लुकाएको अवस्थामा एक थान पेस्तोलसहित नियन्त्रणमा

२०७५ मंसिर १ शनिबार, दिउँसो ४:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा एकजना भारतीय नागरिक कटुवा पेस्तोलसहित पक्राउ परेको छ । सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारीबाट कटुवा पेस्तोलसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
शनिबार दिउँसो सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वमा खटिएको टोलिले भारत बिहार भिमनगर पन्चायत वार्ड नम्बर ४ बस्ने रन्जित कुमार मुखियालाई पक्राउ गरेको जनाएको छ ।
बिआर २० एफ ३२०६ ( BR 50 F 3206) नम्बरको अपाची मोटरसाइकलको सिटमुनी लुकाएको अवस्थामा सशस्त्र प्रहरी टोलिले चेकजाँचको क्रममा एक थान पेस्तोलसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जानकारी दिए ।
पक्राउ परेका भारतीय नागरिक मुखियाको साथबाट एक थान कटुवा पेस्तोलसहित,२ थान मोबाइल,चादीको ब्रस्लेट,चादीको सिक्री सहित केहि नगद समेत बरामद गरेको भण्डारीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…