सिरहामा २ किशोरी उपर सामूहिक बलात्कार
बर्थडे पार्टीको बहानामा बोलाएर ७ जनाबाट सामूहिक बलात्कार ।

२०७५ कार्तिक २५ आइतबार, बिहान १०:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानमा बर्थडेपार्टीको बहानामा बोलाएर २ किशोरी उपर सामूहिक बलात्कार भएको छ । गत २३ गते राति भाइटिकाको दिन बर्थडेपार्टीको बहानामा कोठामै बोलाएर एक १५ वर्षीया र अर्की २० वर्षीया किशोरीमाथी सामूहिक बलात्कार भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार लहान २२, लक्ष्मीपुर पतारी २ की २ किशोरीलाई सात जना युवकहरुले बलात्कार गरेका हुन् । उक्त घटनामा संलग्न रहेका लहान नगरपालिका ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र बाँकी चार जनाको नाम खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए ।
पीडित दुवै किशोरीले दिएको बयानका आधारमा हरि चौधरीले आफ्नो बर्थडेपार्टीको बहाना बनाएर उनीहरुलाई बोलाएको थियो । साँझतीर हरि र उनका १ जना साथीले मोटरसाइकलमा घरबाट लहान लिएर गए । केहि बेरपछि अन्य पाच जना युवाहरुको एक समुह उनको कोठामा आएर आफूहरूमाथि सामूहिक बलात्कार भएको पीडित किशोरीहरुले बताएकी छिन् । पीडित दुबै किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ ।
बलात्कार घटनामा संलग्न सातै जना फरार रहेका छन् । उनीहरूको विशेष प्रहरी परिचालन गरी खोजविन भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…