धनुषाधाममा एक दाहाललाई विदाई, अर्का दाहाललाई स्वागत
न्यूज ब्यूरो, धनुषा । ईलाका प्रहरी धनुषाधाममा कार्यरत प्रहरी नीरिक्षक (ईन्सपेक्टर) प्रकाश दहाललाई शुक्रवार बिदाई गरेका छ्न् । स्थानीय जनप्रतिनीधि, शुभचिन्तक सहितको उपस्थितिमा एक कार्यक्रमबीच दाहाललाई भव्य विदाई गरिएको छ भने उहाँको स्थानमा रौतहटको चन्द्र निगाहपुरबाट आएका अमिर कुमार दाहाललाई भव्य स्वा

२०७५ कार्तिक १६ शुक्रबार, दिउँसो २:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । ईलाका प्रहरी धनुषाधाममा कार्यरत प्रहरी नीरिक्षक (ईन्सपेक्टर) प्रकाश दहाललाई शुक्रवार बिदाई गरेका छ्न् ।
स्थानीय जनप्रतिनीधि, शुभचिन्तक सहितको उपस्थितिमा एक कार्यक्रमबीच दाहाललाई भव्य विदाई गरिएको छ भने उहाँको स्थानमा रौतहटको चन्द्र निगाहपुरबाट आएका अमिर कुमार दाहाललाई भव्य स्वागत समेत गरिएको छ ।
विगत एक वर्षदेखि उक्त ईलाकाको सुरक्षा व्यवस्थालाई तन्दुरुस्त राख्न जाग्राम बस्ने दाहाललाई धनुषाधाम जसो अध्यात्मिक स्थलमा बस्न पाउँदा आत्म सन्तुष्टि र खुसी व्यक्त गरे ।
यसका साथै, धनुषाधामको लागि आजैदेखि कार्यभार सम्हालेका प्रहरी नीरिक्षक अमिर दाहालले ईलाका भित्र र बाहिर पनि मुस्कान सहितको सेवा मर्मलाई आत्मसात गर्दै ईमान्दारी पूर्वक जिम्मेवारी बहनको प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रमको दौरान धनुषाधाम नगरपालिकाकी उपमेयर भुजेलले प्रकाश दाहाललाई विदाई गर्दैै मायाको चिनो समेत प्रदान गरिन भने नव आगन्तुक प्रहरी नीरिक्षक अमिर दाहाललाई टिका लगाउँदै स्वागत समेत गरिन् ।
विदाई तथा स्वागत कार्यक्रममा धनुषाधाम नगरपालिकाकी उप मेयर बिधा देवि भुजेल, ने क पा नेता दिपक यादव ,जोग कुमार यादव, सरोज यादव , अम्बिका बिश्वकर्मा , दामोदर चौहान , नगरपालिका तरुण दल नगरसभापति लक्ष्मी साह, न पा २ वार्ड अध्यक्ष प्रभु नारायण साह, ३ का वडाध्यक्ष राजकिशोर साह, ४ का राम परिक्षण यादव, रानी स्वीटस कर्नरका संचालक सुर्यनाथ यादव स्थानीय बुद्धिजीवी, युवा, महिला, शुभचिन्तक लगायत शिक्षक र व्यापारीहरुको समेत सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…