जनकपुरको मोनाष्टिकलाई राजधानीमा 'उत्कृष्ट सम्मान'
मोनाष्टिक स्कूल प्रदेशको नीजी विद्यालयहरुमध्ये उत्कृष्ट मानिन्छ ।

२०७५ कार्तिक १५ बिहीबार, राति ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको मोनाष्टिक आवासीय विद्यालयलाई राजधानी काठमान्डौँमा एक कार्यक्रमबीच सम्मान गरिएको छ ।
प्रदेश नं. २ को उत्कृष्ट विद्यालय मानिएको मोनाष्टिक स्कूलले गत वर्ष सम्पन्न गरेको १३ औँ NCSQC-2017 को लागि मोनाष्टिकलाई सम्मान गरिएको हो ।
विहिबारदेखि राजधानी काठमान्डौँको ज्ञानेश्वर स्थित रहेको ग्यालेक्सी पब्लिक स्कूलमा सुरु भएको स्टुडेन्ट क्वालिटी सर्कल प्रतियोगितामा सहभागी जनाउन पुगेका मोनाष्टिक स्कूललाई सम्मान गरिएको मोनाष्टिकका प्रबन्धन निर्देशक डा. सोनु कुमार साहले जानकारी दिए ।
आयोजक स्कूलकी निर्देशक गीता रानाको अध्यक्षता एवम् विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यमा सुरु भएको उद्घाटन कार्यक्रममा गत वर्ष २०१७ मा मोनाष्टिकले आयोजना गरेको १३ औँ NCSQC-2017 सफलतापूवर्क तथा नयाँ तौर तरिकाले विद्यार्थीहरुलाई मानसिक विकासका लागि उत्तम मानेर त्यसैलाई कदर गर्दै सम्मान गरिएको हो । सम्मान पत्र मोनाष्टिकका निर्देशक डा. साहले ग्रहण गरेका थिए ।
उक्त सम्मानपत्र आयोजक विद्यालयकी निर्देशक गीता राना एवम् एसक्यूसीका सँस्थापक दिनेश चापागाईंले प्रदान गरेका हुन् । देशको विभिन्न जिल्लाबाट जम्मा १२ सय विद्यार्थीहरुले स्टुडेन्ट क्वालिटी सर्कल प्रतियोगितामा सहभागीता जनाएको छ ।
विद्यालयमा पठनपाठन सहित अतिरिक्त क्रियाकलापमा समेत बढी सक्रियता जनाउने तथा देशविदेशको विभिन्न कार्यक्रममा सहभागीता जनाउने मोनाष्टिक स्कूल प्रदेशको नीजी विद्यालयहरुमध्ये उत्कृष्ट मानिन्छ ।
यससँग सम्बन्धित समाचार
SQC Hub Convention - 2018 सम्पन्न, कोलाजमा जनकपुरधामको 'मोनाष्टिक' प्रथम
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…