SQC Hub Convention - 2018  सम्पन्न, कोलाजमा जनकपुरधामको 'मोनाष्टिक' प्रथम

मोनाष्टिकले विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

२०७५ असोज १० बुधबार
बिहान ०९:५३ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको मोनाष्टिक आवासीय विद्यालयले आयोजना गरेको ५ औँ एसक्यूसी हब कन्भेन्शन-२०१८ (SQC Hub Convention - 2018 ) प्रतियोगिता सम्पन्न भएको छ । क्वेष्ट नेपाल ( Quest Nepal ) को सँचालनमा मोनाष्टिक विद्यालयले आयोजना गरेको उक्त प्रतियोगिता असोज ८ र ९ गते गरी दुई दिने कार्यक्रम राखिएको थियो ।

 

मोनाष्टिक विद्यालयका निर्देशक डा. सोनु कुमार साहको सभापतित्व एवम् प्रदेश नं. २ का समाज कल्याण मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको उक्त प्रतियोगतामा जनकपुरधामभित्रका ४ समुदायिक विद्यालय सहित १६ वटा सँस्थागत विद्यालय गरी २० विद्यालय सहभागीता जनाएको आयोजक विद्यालयका निर्देशक डा. सोनु कुमार साहले जानकारी दिए । 

 

प्रदेशस्तरमै मोनाष्टिक विद्यालयले अन्तराष्ट्रि प्रतियोगिताहरुमा सहभागी जनाउने प्रथम विद्यालय हुन भने यस्ता कार्यक्रमको आयोजनाहरु गरेर अभिभावकको मन जित्न सफल भएको छ । 

कार्यक्रममा चार ओटा प्रतिस्पर्धात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो, जसमध्ये कोलाज प्रतिस्पर्धामा मोनाष्टिक विद्यालयले प्रथम स्थान हाँसिल गर्न सफल भए । यस्तै प्रतियोगितामा त्रिदेव मावि द्धितीय र श्रीराम मावि तृतिय स्थान प्राप्त गरे भने मोनाष्टिक तृतिय स्थान समेत प्राप्त गर्दै संकटमोचन मावि सान्तावना पुरस्कार प्राप्त गरको डा. साहले जनाए । 

 

यस्तै, एसपेल्ल बी कार्यक्रम अन्तर्गत सिन्हा पब्लिक स्कूल प्रथम, मिथिला मन्टेश्वरी द्धितीय र अन्नपूर्ण माविले तृतिय स्थान ल्याउन सफल भएको जनाइएको छ ।  स्टोरी फोरमिँग अन्तर्गत ध्रुव तारा प्रथम, गार्गी मेमोरियल द्धितीय र किड्डी कन्भेन्ट स्कूल तृतिय स्थान ल्याउन सफल भएको हो । 

 

त्यसैगरी, क्वीज प्रतियोगितामा ज्ञान मन्दिर प्रथम, मोनाष्टिक द्धितीय र श्रीराम मावि तृतिय स्थान ल्याएको आयोजकले जनाएको छ  । सिर्जनारम समूह तर्फ गौरी स्कूल, समन्वयात्मक समूहमा न्यू भिजन स्कूल, उत्कृष्ट पोशाक समूहमा सकलभवन कन्या मावि र अनुशासित विद्यालय समूहमा श्री बैद्यनाथ डी.एन.जे. लाई पुरस्कृत गरिएको जनाइएको छ । 

 

उक्त ५ औँ   SQC Hub Convention - 2018  कार्यक्रमलाई आयोजक मोनाष्टिक आवासीय माध्यमिक विद्यालयकी सँस्थापक वीणा देवी साहले समापन गरेको विद्यालयका निर्देशक डा. साहले जनाए । 



 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७५ असोज १० बुधबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus