लहानमा प्रहरीकै डेरामा पसे चोर, लाखौं लुटेर फरार
न्यूज ब्यूरो, सिरहा । सिरहाको लाहान नगरपालिका वडा न. २ स्थित प्रहरीकै घरमा दिउँसै चोरी भएको छ । हस्पिटल चौकदेखि करिब ४०० मिटरको दुरीमा रहेको ईन्स्पेक्टर राजेन्द्र यादवको घरमा चोरी भएको हो । बिहीबार दिनको करिब ११ बजेको समयमा घरमा कोही नभएको मौका छोपी चोर घरमा पसेर लूटपाट गरेको छ । दसैंको बेला घरका मा

२०७५ कार्तिक २ शुक्रबार, बिहान १०:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लाहान नगरपालिका वडा न. २ स्थित प्रहरीकै घरमा दिउँसै चोरी भएको छ । हस्पिटल चौकदेखि करिब ४०० मिटरको दुरीमा रहेको ईन्स्पेक्टर राजेन्द्र यादवको घरमा चोरी भएको हो ।
बिहीबार दिनको करिब ११ बजेको समयमा घरमा कोही नभएको मौका छोपी चोर घरमा पसेर लूटपाट गरेको छ । दसैंको बेला घरका मान्छेहरु मन्दिरमा पुजा गर्न गएको बेला दिनको उज्यालोमै ताला फोडी ५ तोला सुन, २४ तोला चाँदी चोरी भएको घरमुली फुलो देवी बताईन् ।
घरमा भाडा लिई बस्ने एक व्यापारी बिरेन्द्र साहले जानकारी दिए अनुसार २० वटा कोठा भएको उक्त घरमा घटनाको बेलामा कोही थिएन । लाहानमा चोरीको घटना व्यापक रुपमा बढनु र लाहान प्रहरीको अनुसन्धानले खासै प्रगति नगर्नुले यहाँका स्थानीयमा विभिन्न शंकाका आधारहरु निर्माण गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…