महोत्तरीबाट लागू औषधि सहित एक जाना पक्राउ
अभियुक्तसँग अन्य युवाहरु समेत लागूऔषध ओसार पोसार गर्दै आएको ।

२०७५ असोज २२ सोमबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । लागू औषध सहित महोत्तरीबाट एक जना पक्राउ परेका छन् ।
आईतबार अपरान्ह करिब ५ बजेको समयमा सम्सी बोर्डर भएर भारतबाट नेपाल ल्याउने क्रममा हुलाकी सडकमा पर्ने खखना गाउँमा लागू औषधि सहित एक जना पक्राउ परेको छ। सशस्त्र प्रहरी बल नेपाल (बिओपी) खैरबनी बाट स. प्र. नि. प्रेम बहादुर तमाङ को टोलिले चेक जाँच गर्ने क्रममा पक्राउ गरेका छन ।
पक्राउ पर्नेमा महोत्तरी सोनमा वडा नं. ३ खखना बस्ने १९ बर्षिय अविनाश कुमार यादव रहेको छ । यादवको साथबाट कौरेक्स १ थान, नाइट्रो भैट १० थान , डाइजोलैप ३ थान त्यसमा प्रयोग गरिने सिरिन्ज २ थान बरामद गरिएको छ।
व्यक्तिगत प्रयोगको लागि ती लागू औषध लग्दै गरेको स्वीकार यादवले गरेका छन् भने यस अघि पनि ८० थान कौरेक्स समेत पास गरेको स्वीकारे, उनले भने, म सँग विभिन्न गाउँका केटाहरु पनि लागेका छन्, हामी आफ्नो प्रयोगको लागि यो औषध लग्छौँ ।
पक्राउ परेका यादवलाई आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय गौशाला पठाइएको सहायक प्रहरी नीरिक्षक (सई) प्रेम बहादुर तमाङले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…