धनुषाको खजुरीबाट शसस्त्र प्रहरीले अबैद्य पटाका समाते
न्यूज ब्यूरो, धनुषा । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खजुरीले भारत बाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको पटका ठुलो परिमाणमा पक्रउ गरी नष्ट गरेको छ । जनक नन्दिनी गाँउपालिका वडा नं ४ स्थित खजुरीबाट सशस्त्र प्रहरी निरीक्षक जयन्त सिंह डडालको नेतृत्वमा खटिएको टोलीले करिब ९० हजार रुपैया बराबरको

२०७५ असोज २२ सोमबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खजुरीले भारत बाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको पटका ठुलो परिमाणमा पक्रउ गरी नष्ट गरेको छ ।
जनक नन्दिनी गाँउपालिका वडा नं ४ स्थित खजुरीबाट सशस्त्र प्रहरी निरीक्षक जयन्त सिंह डडालको नेतृत्वमा खटिएको टोलीले करिब ९० हजार रुपैया बराबरको बिभिन्न किसिमको पटका पक्राउ गरेको थियो । पक्राउ गरेका उक्त परिमाणका पटका जनक नन्दिनी गाँउपालिकाका वडा अध्यक्ष बिशुन देब साह छोटी भन्सार कार्यालय खजुरीका थिर बहादुर थापा नेपाल प्रहरी र पत्रकारहरुको रोहबरमा नष्ट गरेको हो ।
दशै तिहार नजिकिदै जाँदा धनुषाको बिभिन्न नाकाबाट चोरी तस्करी गरी नेपालको बिभिन्न स्थानहरुमा अबैध पटका भित्रि रहेको बेला सशस्त्र प्रहरीको यो काम निकै सराहनिय भएको वडा अध्यक्ष साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…