महोत्तरीको भंगाहा नपाका मेयरले लेखापाललाई हाने थप्पड
मेयर साहले हातपात र दुव्र्यवहार गरेका छन् ।

२०७५ असोज ११ बिहीबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा कार्यरत कर्मचारी लेखापाल उपर थप्पड प्रहार भएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले लेखापाल कर्मचारीमाथि हातपात गरेको हो ।
नगरपालिकामा कार्यरत लेखापाल कर्मचारी पवन अधिकारीमाथि मेयर साहले थप्पड प्रहार गरेका छन् । नगरपालिकाको आर्थिक वर्षको हिसावको विषयमा सामान्य विवाद भएपछि मेयर साहले आफुलाई थप्पड हानेको पीडित लेखापाल पवन अधिकारीले बताए ।
उनले भने, “म माथि मेयर साहले हातपात र दुव्र्यवहार गरेका छन् । यसबारेमा मैले महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई मौखिक जानकारी पनि गराइसके छु । अब मेयर साहमाथि कारबाहीका लागि प्रशासनमा लिखित निवेदन दिन्छु ।”
मेयर साहले लेखापाल अधिकारीसँग गत आर्थिक वर्ष २०७४–०७५ को हिसाव माग्दा उल्टै धम्काएपछि एक थप्पड हानेको स्वीकार गरेका छन् । उनले पटक–पटक पटक हिसाब माग्दा नदिएपछि गत साउन ११ गते आफूले निवेदन समेत दिएको तर, कुनै वास्ता नगरेको बताए । उनले हिसाबबारे कुरा गर्दा तपाईँलाई जे गर्नु छ गर्नुस् भनेपछि आवेशमा आएर एक थप्पड हानेको स्वीकार गरे ।
मेयर साहले लेखापाल पवन अधिकारीको काम कारवाही ठीक नभएको र मेयरलगायत प्रमुख प्रशासकीय अधिकृत कसैलाई नटेर्ने गरेको आरोप लगाएका छन् । मेयर साहले यसअघि पनि एक जना कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…