धनुषामा पेस्तोल र गोलीसहित दुईजना समातिए
पक्राउ परेका दुवै जना लुटपाटको घटनामा संलग्न भएका प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।

२०७५ असोज १० बुधबार, दिउँसो ३:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् । धनुषाको विदेह नगरपालिका वडा नं. १ बाट पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये एक धनुषा कमला नगरपालिका ६ का १८ वर्षीय राजगिर महतो हुन्छ भने अर्का सोही नगरपालिकाका वडा नं ८ का सत्रुधन ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सिरहा प्रहरी र इलाका प्रहरी कार्यालय खजुरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जना लुटपाटको घटनामा संलग्न भएका प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…