प्रेमिकासँग बस्न अपहरणशैलीमा ससुराली लहानबाट भागेका डाक्टर प्रहरीको चंगुलमा
नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपहरण शैलीमा भाग्न खोजेको रहस्य खुलेको छ ।

२०७५ असोज १० बुधबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानबाट मंगलबार साँझ अपहरण भएको भनिएका सप्तरी मल्हनिया–२ का डाक्टर सुभाष यादवलाई प्रहरीले फेला पारेको छ । अपहरण भएको सूचनाको आधारमा खोजबिन सुरु गरेका प्रहरीले उनलाई सर्लाहीको नवलपुरबाट राति ११ पक्राउ गरेको हो ।
नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपहरण शैलीमा भाग्न खोजेको रहस्य खुलेको छ । अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुटाउनका लागि डाक्टर यादवलाई एक महिनादेखि लहानमै राखिरहेका थिए । मंगलबार साँझ बजार घुम्न निस्किएका डाक्टर जिपमा चढेर अपहरण शैलीमा फरार भएका थिए ।
बीच बाटोमै जिप छाडेर मोटरसाइकलमा चढी हेटौडा जाँदै गरेका यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । डाक्टर यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । यादवसँगै उनलाई भाग्न सहयोग गर्ने एक सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनी जिल्ला अस्पताल हेटौंडा र त्यहीको अर्काे सहकारी अस्पतालमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनले हेटौडा–९ की सपना यादवसँग प्रेम विवाह गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी खरेलले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…