कालो दिवसको 'महाकाल' डा. सिके राउत
उनले आव्हान गरेको असोज ३ गते कालो दिवसलाई प्रहरीको विथोल्ने प्रयासलाई विफल पार्दै कालो दिवसको लागि महाकाल साबित भए ।

२०७५ असोज ४ बिहीबार, बिहान ९:२९ बजे२ मिनेट पढाइ

सम्पादकीय || सरकारले वि.स. २०७२ साल असोज ३ गते जारी गरेको नेपालको संविधान २०७२ को दिवसमा कत्तै कालो दिवस त कत्तै संविधान दिवस मनाइयो ।
एउटै मूलुकमा संविधानको दुईपाटा देखिदै आएको छ र देखियो पनि । मधेसी, आदिवासी, जनजाती, मुस्लिमहरुको अधिकारलाई संविधानमा कुण्ठित गरेको भन्दै मधेसवादको मिथ्या नारा बोकेका राजनीतिक दलहरुले संविधान संशोधन गराउने आवश्वासनका साथ मधेसी जनताको भावनासँग खेलवाड नगरेको पनि होइनन् ।
एउटै मूलुकमा अन्य ठाउँमा दिपावली मनाइयो भने तराई मधेसको केही जिल्लामा त्यही संविधानको विरोधमा विभिन्न कार्यक्रम पनि गरियो । नेपालको तराईका जिल्लामध्ये संघीय नेपालको प्रदेश नं. २ मा कालो दिवस नै मनाइयो । बन्दुकको नालमा बलजबरदस्ती संविधान लादिएको भन्दै मधेसी जनताहरुले त्यसको विरोध गर्दै विगत ३ वर्षदेखि असोज ३ गते संविधान जारी भएको दिनलाई कालोदिनको रुपमा मनाउँदै आएको छ ।
कालो दिवसमा कत्तै पूर्नलेखनकै माग पनि उठियो भने कत्तै असन्तुष्ट रहेको धारालाई संशोधनको माग पनि गरियो । संविधान संशोधन नभएसम्म र मधेसी जनताको उचीत र समावेशी बराबरीको अधिकार निश्चित नगरेसम्म संविधानलाई नमान्ने अडानमा रहेका छन् ।
उनले आव्हान गरेको असोज ३ गते कालो दिवसलाई प्रहरीको विथोल्ने प्रयासलाई विफल पार्दै कालो दिवसको लागि महाकाल साबित भए ।
यसै सेन्टीमेन्टलाई भजाएर मधेसवादी दलका कैयौँ नेताले मन्त्रीपदसम्म धारण पनि गरे तर अहिलेसम्म संविधान संशोधनको बुंदालाई मूर्तरुप दिन नसक्दा गद्दाकाको संज्ञा पनि नपाएको होइन । संविधान दिवसमा कालो दिवस मनाउने प्रचार प्रसार तिव्र पार्दै स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउत यसपालीको संविधान दिवसमा जनकपुरधाममा महाकाल नै साबित भए ।
नेपाल प्रहरीले राउतलाई पक्राउ गर्न सर्च अभियान पनि चलाए, तर उनले दिएको वाचा मुताबिक समयमै यतिको कडा सुरक्षा र घेराबीच पनि उपस्थित भएर महानायक नै साबित भए बुधबार ।
संविधानको विरोध गर्दै गाउँ गाउँबाट आएका जन सर्वसाधारणहरुले प्रदेश नं. २ को प्रदेश सभा भवन उपर स्वतन्त्र मधेसको झण्डा सहजै लहराए । गल्ली गल्लीमा प्रहरी परिचालन गरिएपनि डा. सिके राउतले हजारौँ विरोधी समक्ष सम्बोधन र गर्जन दिए ।
उनले आव्हान गरेको असोज ३ गते कालो दिवसलाई प्रहरीको विथोल्ने प्रयासलाई विफल पार्दै कालो दिवसको लागि महाकाल साबित भए ।
संघीय सरकारमै रहेका संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टीले कुनै कार्यक्रम गरेन भने मधेस प्रदेश कार्य समितिले प्रदेश २ मा कालो दिवस नै मनाए । तर सिके राउतको समर्थकको अगाडी असोज ३ गते जनकपुरधाममा जुनसुकै राजनीतिक पार्टी फेल नै देखियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…