महाविर यूवा कमिटिको ५० औँ साधारणसभा गोरखा मनोकामनामा हुने
जनकपुरधामबाट असोज ५ गते राती ८ बजेको लागि सवारी उत्ताको लागि प्रस्थान गर्ने जनाइएको छ ।

२०७५ असोज ४ बिहीबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको महाविर युवा कमिटिको ५० औँ वार्षिक साधारण सभा आउँदो असोज ६ गते शनिबार हुने भएको छ ।
कमिटिका अध्यक्ष रोशन शेखर जयसवालको अध्यक्षतामा हुने उक्त साधारण सभा गोरखा जिल्लाको ईच्छाकामना गाउँपालिका मनोकामना गेट मनकामना रिसोर्टमा हुने जनाइएको छ । साधारण सभामा महासचिवको मान्यूट अनुमोदन, आर्थिक वर्ष २०७५/७६ का हरहिसाब अनुमोदन र पार्दर्शी, राजदेवी पूजन र विविध विषयमा निर्णयहरु पारित गरिने जनाइएको छ ।
६ गते विहान ८ बजेदेखि सुरु हुने उक्त वार्षिक साधारण सभामा कमिटिका सल्लाहकार, पूर्व अध्यक्ष, वरिष्ठ निर्देशकहरुलाई समेत उपस्थितीको लागि अनुरोध गरिएको हो । मनोकामनामा हुन लागेको वार्षिक साधारण सभाको लागि जनकपुरधामबाट असोज ५ गते राती ८ बजेको लागि सवारी उत्ताको लागि प्रस्थान गर्ने जनाइएको छ ।
प्रत्येक वर्ष राजा जनककी कुलदेवी माता राजदेवी पूजनको भव्य आयोजना गर्दै आएको महाविर युवा कमिटिले नयाँ कार्यसमिति चयनपछि अन्य वर्षभन्दा पनि भव्यत आयोजन गरिने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…