
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
काठमाडौँ, २५ मंसिर : जापान सरकारले काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्र (रेक्स)लाई आँखाजाँचसम्बन्धी विभिन्न उपकरण खरिद गर्न करिब रु ४६ लाख अनुदान दिने भएको छ । सो अनुदानसम्बन्धी सम्झौतामा आज जापानी राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत

२०७४ मंसिर २५ सोमबार, राति ८:०५ बजे१ मिनेट पढाइ
काठमाडौँ, २५ मंसिर : जापान सरकारले काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्र (रेक्स)लाई आँखाजाँचसम्बन्धी विभिन्न उपकरण खरिद गर्न करिब रु ४६ लाख अनुदान दिने भएको छ ।
सो अनुदानसम्बन्धी सम्झौतामा आज जापानी राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र रेक्सका अध्यक्ष बलप्रसाद शाहीले हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार उक्त अनुदानबाट माइस्क्रोकोप, स्लिट ल्याम्प, रेभटिनोष्कोपलगायत अत्याधुनिक उपकरण खरिद गरी केन्द्रबाट गोकर्णेश्वर नगरपालिलगायत साँखु नाङ्लेभारेका बासिन्दालाई आँखा जाँचसम्न्धी सेवा उपलब्ध गराइनेछ ।
पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सहयोग सानो भए पनि ग्रामीण जनताको स्वास्थ्यसँग जोडिएको र साँकेतिक महत्वको रहेको बताउँदै भोजपुरका प्रत्येक विद्यालयमा डिजिटल लर्निङ सेन्टर खोलिने जानकारी दिनुभयो ।
जापानी राजदूत ओगावाले सन् १९८६ मा जापानी नर्स मासाको यामाने र एक जापानी संस्था जापान नेपाल मानव विकास संघको सहयोगमा स्थापित रेक्सले गोकर्णेश्वर वरपरका जनतालाई सेवा पु¥याइरहेकाले उपकरण सहयोग गरिएको बताउँदै सो सहयोगले विभिन्न स्थानमा नेत्र शिविर सञ्चालन गरी सेवा पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका संरक्षक पूर्व नर्स मासाकोले आफूले नेपालमा कार्यरत जापानी डा इतारो प्रोजिनको प्रेरणामा नेपाल आई संस्था स्थापना गरेको र यसबाट ग्रामीण भेगका जनतालाई सहयोग पुगेको जानकारी दिनुभयो ।
रेक्सका अध्यक्ष शाहीले गोकर्ण, साँखुलगायत ग्रामीण क्षेत्रका असहायलाई विभिन्न स्वास्थ्य सेवा पु¥याइरहेको संस्थालाई उपकरण सहयोग गरकोमा जापानी राजदूत र सहयोग प्रस्ताव अघि बढाउने भोजपुरे सेवा समाज काठमाडौँका अध्यक्ष पासाङदोर्जे शेर्पालगायतलाई धन्यवाद दिनुभयो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
आइतबार · चतुर्दशी

आइतबार · चतुर्दशी
दिपावली | लक्ष्मी पूजा, दियावाती, कुकुर तिहार, नरक चतुर्दशी
कुकुर तिहार, जसलाई नरक चतुर्दशी पनि भनिन्छ, नेपालमा मनाउने एक विशेष पर्व हो। यो दिन कुकुरलाई पूजा गरिन्छ र तिनीहरूको साथको महत्त्वलाई सम्मान गरिन्छ। कुकुरलाई मालिस र प्रिय खानेकुरा दिएर उनीहरूको सेवाको सराहना गरिन्छ। यो पर्व नरक चतुर्दशीसँग सम्बन्धित रहेकोले, दिनभर विशेष धार्मिक क्रियाकलापहरू पनि गरिन्छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २२ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…