महोत्तरी बाट लागू औषध सहित तीन जना पक्राउ
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाबाट लागूऔषध सहित सोमबार राति तीन जनालाई प्रहरीले पक्राउ गरेका छ्न् । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं—३ घर भएका २३ वर्षीय दिपक मगर, महोत्तरीको बर्दिबास नगरपालिका वडा नं—३ घर भएका १९ बर्षीय सन्दिप राणा र सोही ठेगानाका २० बर

२०७५ असोज २ मंगलबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाबाट लागूऔषध सहित सोमबार राति तीन जनालाई प्रहरीले पक्राउ गरेका छ्न् ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं—३ घर भएका २३ वर्षीय दिपक मगर, महोत्तरीको बर्दिबास नगरपालिका वडा नं—३ घर भएका १९ बर्षीय सन्दिप राणा र सोही ठेगानाका २० बर्षीय सरोज तोलाङ्गे रहेका छन् ।
महोत्तरीको गौशला नगरपालिकाबाट बर्दिबास नगरपालिका तर्फ आउँदै गरेको सार्वजनिक यातायातको म्याजिकमा चढेका उनीहरुलाई बर्दिबास —४ माइस्थान चोकमा चेकजाँचको क्रममा उनीहरुको साथबाट नाइट्रोसन १० पत्ता ८० पिस, नाइट्रोभेट १० पत्ता ५० पिस, प्रोक्सिभन स्पास्मो २० पिस लिनोभो मोबाइल १ थान सहित पक्राउ गरेको बर्दिबास प्रहरीका प्रहरी निरीक्षक राजु कुर्मीले जानकारी दिएका छ्न ।
पक्राउ पर्ने तीन जना मध्ये दिपक लागुऔषध ओसारपोरको सहयोगी र सेवन कर्ता रहेको र सरोज लागु औषध खरिदकर्ता रहेको प्रहरीले जनाएको छ । दीपकले सन्दिपलाई लागूऔषध खरिद गर्न ४ हजार रुपैयाँ नगद दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी प्रहरीले विशेष सुराकीको आधारमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ८ को लप्चन टोल नजिकै रहेको सागरनाथ वन विकास परियोजनाको खाली जमिनमा अवैध रुपमा गाँजा खेती गर्ने एक जनालाई पक्राउ गरेको छ । नाम, थर नखुलेको व्यक्तिले लगाएको १ कठ्ठामा ५० वटा गाँजाको बोट नष्ट गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…