जानकी मन्दिरको सौन्दर्यीकरण हुँदै, अब यस्तो देखिने छ 'नौलख्खा मन्दिर' !
प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले चालेको यो कदम अति नै सराहनीय मानिएको छ ।

२०७५ असोज २ मंगलबार, बिहान ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व सम्पदा सूचिमा सूचिकृत हुने प्रतिक्षामा रहेको हिन्दुहरुको आस्थाको केन्द्र जनकपुर स्थित जानकी मन्दिरलाई प्रदेश सरकारले सौन्दर्यीकरण गर्ने योजना अघि बढाएको छ ।
प्रत्येक वर्ष लाखौ श्रद्धालु जम्मा हुने जानकी मन्दिरलाई थप आकर्षक बनाउन प्रदेश सरकार अग्रसर भएका हुन । प्रदेश सरकारले अगाडी बढाएको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मुख्यमन्त्री लालबाबु राउतको विशेष पहलमा जानकी मन्दिर सौन्दर्यीकरण योजना अघि सारिएको हो ।

प्रदेश नं. २ को राजधानी समेत रहेको जनकपुर स्थित जानकी मन्दिरमा विश्वभरिकै हिन्दुहरुलाई कम्तीमा एकपटक आउनै पर्ने वातावरण बनाउने घोषणा गर्नु भएको मुख्यमन्त्री राउतले पहिलो चरणमा जानकी मन्दिरको प्राङ्गण लगायतको क्षेत्रलाई थप सौन्दर्यीकरण गर्ने योजना सार्नु भएको हो ।

पहिलो चरणको सौन्दर्यीकरणका लागि करिब ७ करोड खर्च हुने लगत स्टिमेट तयार गरिएको छ । केही दिन भित्रै ठेक्का प्रक्रियामा लाने तैयारी भै रहेको मुख्यमन्त्रीका निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार लगत स्टिमेट र डिजाइन तैयार भै सकेको छ, जानकी मन्दिर संग सम्झौता भए लगतै टेण्डर प्रक्रियामा जान्छ ।

यस अघि मुख्यमन्त्री राउतले प्रदेशको मुटु रहेको जानकी मन्दिर बाटै मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ गर्ने घोषणा गर्नु भएको थियो ।


यस सम्बन्धी अन्य समाचारहरु
पहिले जानकी मन्दिरलाई सौन्दर्यीकरण गछौँ : मुख्यमन्त्री राउतजनकपुरको जानकी मन्दिर अब यस्तो बन्दै, भोली सम्झौता हुँदै |
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…