जनकपुरको जानकी मन्दिर अब यस्तो बन्दै, भोली सम्झौता हुँदै 

२०७५ असार २४ आइतबार
दिउसो ४:३७ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २४ असार ।
 विश्वप्रसिद्ध जनकपुरको जानकी मन्दिरलाई विद्युतिय सजाबट गर्न लागिएको हो ।


विश्वमै प्रसिद्ध रहेको प्रदेश २ को अस्थायी राजधानी जनकपुरको पहिचान जगत जननी माता जानकी मन्दिरललाई थप सौन्दर्यीकरणको दृष्टिकोणले विद्युतियकरण मार्फत सजाबट गर्ने भएको छ । 

 

यसको लागि गैर आवासीय नेपाली संघ (एनआरएन) र जानकी मन्दिर गुठीसँस्थानबीच मन्दिरलाई विद्युतियकरण सजाबटको लागि सम्झौता हुने भएको छ । 

 

जानकी मन्दिरलाई विद्युतिय सजाबटको लागि निरन्तर पहलकर्ताको भूमिका निर्वाह गर्दै आएका मनिष झा गैर आवासीय नेपाली संघ र जानकी मन्दिर गुठीबीच दिउँसो १ बजे सोमबार पत्रकार सम्मेलन गरी सम्झौता पत्रमा हस्ताक्षर हुने जनाइएको छ । 


गैर आवासीय नेपाली संघका सँस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको विशेष उपस्थितिमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बैष्णवको समेत उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।  

 

सम्झौता पत्रमा हस्ताक्षर भने गैर आवासीय नेपाली संघका वर्तमान अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका महन्थ राम तपेश्वर दासबीच हुनेछ । 

 

मन्दिरको विद्युतीयकरण परियोजनाको लागि गैर आवासीय नेपाली संघका सल्लाहकारद्धय रामेश्वर साह र सुभाष अधिकारीको समेत उपस्थिति रहने जनाइएको छ । 

परियोजनाका लागि अनुमानित लागत ३ करोड ५० लाख रहेको जानकारी गराइएको छ । 

 

पत्रकार सम्मेलन दिउँसो १ बजे जानकी मन्दिर परिसरमा गरिने जनाइएको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७५ असार २४ आइतबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus