पहिले जानकी मन्दिरलाई सौन्दर्यीकरण गछौँ : मुख्यमन्त्री राउत
भोली नै सानो आकारको मन्त्रीमण्ल विस्तार गर्ने

२०७४ फागुन २ बुधबार, दिउँसो २:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २ फागुन । प्रदेश नं. २ का प्रथम मुख्यमन्त्री मो. लालबाबु राउतले विश्व प्रसिद्ध जनकपुरको जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
बुधबार पत्रकारहरुसँग जनकपुरमा कुराकानी गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा विकासको गतिलाई तिव्रता तथा चुनुवा विकास गर्ने बताएका छन् ।
प्रदेशलाई धार्मिक एवम् पयर्टकीय रुपमा विकास गरी एउटा समृद्ध स्वच्छ प्रदेश बनाउने नीति ल्याउने उनले थपे ।
मुख्यमन्त्री राउतले प्रदेशमा रहेका जानकी मन्दिर, जलेश्वरनाथ मन्दिर, गढीमाई मन्दिर तथा सखडा भगवती मन्दिर लगायतका धार्मिक स्थलको सौन्दर्यीकरण गरी धार्मिक पर्यटनलाई बढाउने जनाए ।
राजधानी विवादबारे मुख्यमन्त्री राउतले प्रदेशसभाको दुई तिहाई सदस्यले निर्णय गरे अनुरुप नै स्थायी राजधानी तोकिने उल्लेख गरे ।
उनले प्रदेशको कामकाजी भाषा समेत स्थानीय तहमा बोलिने भाषालाई नै बनाउने भने ।
प्रदेश दुईमा मैथिली, भोजपुरी, थारु, अवधी लगायतका भाषाभाषी रहेका छन् ।
राउतले पार्टीभित्र आन्तरिक छलफल गरी भोली नै सानो आकारको मन्त्रीमण्ल विस्तार गर्ने जानकारी समेत दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…