पहिले जानकी मन्दिरलाई सौन्दर्यीकरण गछौँ : मुख्यमन्त्री राउत

भोली नै सानो आकारको मन्त्रीमण्ल विस्तार गर्ने

२०७४ फाल्गुण २ बुधबार
दिउसो २:१० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो  ||
जनकपुरधाम, २ फागुन ।
प्रदेश नं. २ का प्रथम मुख्यमन्त्री मो. लालबाबु राउतले विश्व प्रसिद्ध जनकपुरको जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
बुधबार पत्रकारहरुसँग जनकपुरमा कुराकानी गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा विकासको गतिलाई तिव्रता तथा चुनुवा विकास गर्ने बताएका छन् ।


प्रदेशलाई धार्मिक एवम् पयर्टकीय रुपमा विकास गरी एउटा समृद्ध स्वच्छ प्रदेश बनाउने नीति ल्याउने उनले थपे ।

 

मुख्यमन्त्री राउतले प्रदेशमा रहेका जानकी मन्दिर, जलेश्वरनाथ मन्दिर, गढीमाई मन्दिर तथा सखडा भगवती मन्दिर लगायतका धार्मिक स्थलको सौन्दर्यीकरण  गरी धार्मिक पर्यटनलाई बढाउने जनाए । 

 

राजधानी विवादबारे मुख्यमन्त्री राउतले प्रदेशसभाको दुई तिहाई सदस्यले निर्णय गरे अनुरुप नै स्थायी राजधानी तोकिने उल्लेख गरे ।

उनले प्रदेशको कामकाजी भाषा समेत स्थानीय तहमा बोलिने भाषालाई नै बनाउने भने । 

 

प्रदेश दुईमा मैथिली, भोजपुरी, थारु, अवधी लगायतका भाषाभाषी रहेका छन् । 
राउतले पार्टीभित्र आन्तरिक छलफल गरी भोली नै सानो आकारको मन्त्रीमण्ल विस्तार गर्ने जानकारी समेत दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ भोली सिरहा आउँदै

  • २०७४ फाल्गुण २ बुधबार

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेसको भातृ सँगठन नेपाल तरुण दल सिरहाको कार्यक्रममा सहभागी हुन केन्द्रीय अध्यक्ष विद्धान गुरुङ सिरहा आउने भएको छ ।  सिरहा, नेपाल तरुणदल सिरहाले भोलि सोमबार आयोजना

पूरा पढ्नुहोस्

Bureau Menus