निर्माला पन्तको दोषीलाई कारवाहीको माग गर्दै महोत्तरीमा प्रर्दशन
विद्यार्थीहरु हातमा प्ले कार्ड बोकेर प्रदर्शन गरेको हो ।

२०७५ भदौ ३१ आइतबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । कञ्चनपुरकी १३ बर्षीय स्कुलले बालिका निर्माला पन्तको दोषीलाई कारवाहीको माग गर्दै महोत्तरीको बर्दिबासमा स्कुलका बालबालिकाहरुले सडकमा बिरोध प्रर्दशन गर्दै नारा जुलुस लागाएका छन् । पीडित पक्षलाई न्याय दिन सरकार र प्रहरी प्रशासन चुकेको भन्दै स्कुलले बालबालिकाहरुले विरोध प्रर्दशन गरेका हुन् ।
बलात्कारी तथा हत्यारालाई तुरुन्त पक्राउ गर, बलात्कारीलाई फाँसी दे लगायताका नारा लगाउँदै स्कुलले बालबालिका विद्यार्थीहरुले बर्दिबास चोकमा हात हातमा प्ले कार्ड लिएर प्रदर्शन गरेको हो ।
विरोध जुलुसमा नगरिक समाज, युवा, व्यपारी, राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो । दुई महिना वित्न लाग्दा पनि बालिकाको ज्यान लिने दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासन चुकेको प्रति बालबालिकाहरुले बिरोध जनाए ।
बर्दिबास चोकको विभिन्न ठाउँ परिक्रमा गरेर सिन्धुली रोडमा कोण सभामा परिणत भएको विरोध जुलुसमा बोल्दै एभरेष्ट बोडिङ्ग स्कूलको कक्षा ८ मा पढ्ने बालक पुरुषोत्तम बरालले नेपाल सुन्दर रहेपनी कानुन कमजोर हुँदा देशमा अपराध गर्ने अपराधीलाई मनोबल बढेको उल्लेख गरे ।
सरकार जनताको वुवा आमा रहेको बताउँदै बर्दिबासका स्थानीय शंकर फुयाँलले आफ्ना दुःख सडकमा आएर सरकारलाई सुनाएको उनले बताए ।‘अपराधीलाई कारवाही गर,’उनले भने,‘यो आवाज महोत्तरीबासीको मात्र हैन देशबासीको रहेको छ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…