' हेअ र सिअहेवलाई स्थानीय तहमा पदिय रुपमा ज्येष्ठताको आधारमा व्यवस्थापन गर्नुपर्छ'
दुई तह स्तरबृद्दी कायम हुनुपर्ने अथवा एक तह बढुवा नै हुनेगरी ऎन बनाउनुपर्ने।

२०७५ भदौ २३ शनिबार, बेलुकी ५:३८ बजे६ मिनेट पढाइ

नेपालको संविधान २०७२ ले स्वास्थ सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ भने स्वास्थ नीति २०७१ ले नागरिक हरुलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ सेवा
प्रवाह गर्ने मुख्य उद्देश्य लिएको व्यवहोरा सर्वबिदितै छ। गुणस्तरीय स्वास्थ सेवा सर्वसाधारणको लागि निरन्तर तथा सर्वसुलभ रुपमा प्रदान गर्ने नेपाल सरकारको उद्देश्य हासिल गर्न गठित सेवालाई बढी सक्षम , सुदृढ , सेवामूलक , ज्ञानमुखी तथा उतरदायी बनाउन नेपाल स्वास्थ सेवा ऎन २०५३ जारी रहेको छ।
स्वास्थ सेवाका पदहरुमा तहगत प्रणाली लागु भएमा पनि लोक सेवा आयोगको प्रक्रियाबाट ऎनको दफा ८ (१) अनुसार पदपूर्ति भइ पदस्थापना भएका कर्मचारीले पदीय कार्य सम्पादन तथा जिम्मेवारी वहन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। सोही ऎनको दफा (९) मा कर्मचारीहरुलाई स्तरबृद्दी गर्ने प्रावधान रहेको र दफा ९ (ख) ले स्तरबृद्धी भएका कर्मचारीलाई पुल दरबन्दीमा पदस्थापना गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। स्तरबृद्धी सम्बन्धमा ऎनको ९ (४) ले निज जुन तहवाट स्तरबृद्धी भएको हो सोही तहको काम गर्नुपर्ने प्रष्ट व्यवस्था गरेको छ।यद्यपि स्वास्थ सेवा ऎनको दफा ९(ख) कार्यान्वयन गर्ने सम्बन्धमा स्वास्थ मन्त्रालयले विभिन्न मितिमा स्वास्थ सेवा ऎनमा नै नभएको विशेष पदस्थापना गरेको छ ।
स्वास्थ सेवामा कुनै पनि पदको बिना शैक्षिक योग्यता सम्बन्धि NHPC मा दर्ता प्रमाणपत्र विना तथा स्वास्थ सेवा ऎनको दफा ८(१) अनुसार लोक सेवा आयोगको प्रक्रियाबाट माथिल्लो पदमा पदपूर्ति नहुदासम्म अन्य प्रक्रियाबाट भएको कर्मचारीलाई जिम्मेवारी दिदा सम्पूर्ण स्वास्थ क्षेत्र नै धारासायी भइ गुणस्तरीय स्वास्थ सेवा प्रवाहमा गम्भीर दीर्घकालीन असर पर्ने निश्चित छ। अत: स्वास्थ मन्त्रालयले स्वास्थ क्षेत्रलाई सुदृढ र व्यवस्थित गर्नको लागि कसैको दवावमा नपरी कानुन संगत स्वास्थका सम्पुर्ण क्रियाकलाप संचालन गर्नुपर्छ।
स्वास्थमा सिअहेव छैठौं बन्ने प्रक्रिया के हो?
एस एल सि पछि १५ महिने तालिम लिई ( अथवा पहिलाको ग्रा. स्वा.का. कक्षा ८ पढेर 3 महिने तालीम लिई द्वितीय / तृतीय तहबाट सेवा प्रवेश गरि चौथो तहमा पद्स्थापना भएको) अहेवहरु चौथो तहमा नियुक्ति भइ प्रबेश गर्नेहरु ५ बर्षमा पाचौमा र त्यसको ८ बर्षमा छेठौ तहमा स्तरबृद्धी गरिने तर चौथो तहकै जिम्मेवारि दिने स्वास्थ ऎनमा स्पष्ट व्यवस्था छ। यसरी हेर्दा खेरी अहेवको तालिम मात्र लिएपनि १३ बर्ष सेवा गरेपछि छेठौ अधिकृतमा स्तरबृद्धी हुने गरेछ।
स्तरबृद्दी र बढुवा भनेको के हो ?
स्तरवृद्धि र बढुवा फरक बिषय हो ।स्तरबृद्धि भनेको कर्मचारीले पाउने सुबिधा हो र जुन तहबाट स्तरबृद्दी भएको हो सोहि तहको काम गर्नुपर्ने हुन्छ तर बढुवामा पद र काम सहित जिम्मेवारी तोकेको हुन्छ जुन स्वास्थ सेवा ऎन २०५३ मा स्पष्ट व्यवस्था छ। हालको सिअहेव छैठौंहरु बढुवा होइन स्तरबृद्धि भएको हो शुरुको नियुक्ति चौथो पदको जिम्मेवारी दिई छैठोको सुबिधा पाउने गरी स्तरबृद्दी गरेको हो तर हाल छैठौ पदको जिम्मेवारी सिअहेवहरु मागेको हुन जुन ऎन बिपरित हुनेछ।
हालसम्म छैठौको प्रकार । १) सिअहेव छेठौ अधिकृत पहिलाको ग्रा. स्वा. का. (८ पढेर ३ महिने तालिम लिएको) २) सिअहेव छेठौअधिकृत slc पछि १५ महिने अहेवको तालिम लिएको। ३) सिअहेव छेठौ अधिकृत ( अहेवपछी ६ महिने सिअहेवको तालीम लिएको ।) ४) अहेव पढेर हेअ पनि पढेको सिअहेव छेठौ अधिकृत तर सुरुकै चौथो पदको काम गरिरहेको । ५) हेअ अधिकृत (लो. से.प्रक्रिया पूरा गरि हे.अ./ सिअहेव पाचौ पदमा नियुक्ति भइ छैठौ मा स्तरबृद्दी भएको।)
विशेष पदस्थापना भनेको के हो?
अहेव चौथोबाट पाचौं र छैठौ पदमा स्तरबृद्धी भएको सिअहेवहरुलाई स्वास्थ मन्त्रालयले विभिन्न मितिमा स्वास्थ ऎनमै उल्लेख नभएको विशेष पदस्थापना गरेको छ जुन लोक सेवा विपरीत र यसको कुनै पनि अर्थ नभएको बुझिन्छ ।
हेअ र सिअहेवमा फरक
१) यो ३ बर्षको एकेडेमीक कोर्ष हो भन्ने सिअहेव नन एकेडेमीक १५ महिने तालीम मात्र हो। २) हेअ NHPC (ने.स्वा.व्यवसाय परिषद) मा द्वितीय श्रेणीमा दर्ता हुन्छ भने सिअहेव तृतीय श्रेणीमा दर्ता हुन्छ। ३) हेअ पढ्न क्याम्पस फी मात्र ४-४.५ लाख लाग्छ भने अहेव पढ्न ७०/८० हजार लाग्छ। ४) हेअको सुरुको नियुक्ति पाचौं हो भन्ने अहेवको नियुक्ति चौथो हो। ५)code of ethics नै दुबैको फरक भएकोले जिम्मेवारी नै फरक हो। ६) हेअ एकेडेमीक कोर्स भएकोले WHO ले मान्यता दिएको र अहेव /अनमी तालिम नेपालबाट फेज आउट गर्ने नेपाल सरकारको निर्णय भएको।
डा सुशील प्याकुरेलको संयोजक्तमा बनेको पुनरावलोकन समितिले बनाएको प्रस्तावित स्थानीय तहको दरबन्दी हुबहु लागू भएमा निम्न समस्या निम्त्याउन सक्छ। १) जनताले गुणस्तरीय सेवा पाउदैन।२) शैक्षिक योग्यताको कदर हुँदैन । ३) हेअ पाचौंको लोक सेवा १०/१५ बर्ष खुल्दैन (किनकी देशमा हाल सिअहेव छैठो ३८०० , हेअ ५००० र पाचौं अहेव १००० भएकोले) ४) हेअ भन्दा योग्यता कम भएको कनिष्ठ कर्मचारी हेअ भन्दा सिनियर हुनेछ र माथिल्लो शैक्षिक योग्यता भएको कर्मचारीलाई कनिष्ठ कर्मचारीले सुपरिवेक्षण , अनुगमन र कार्यसम्पादन मुल्यांकन गर्नेछ। ५) स्वास्थका बिभिन्न समूह बिच अन्तर द्वन्द्व हुनेछ।
६) बिधमान मौजुदा ऎन र लोक सेवा बिपरित हुनेछ। ७) Chain of command र hierarchy System मा असर पर्न जान्छ। ८) विगतमा मन्त्री परिषदवाट परित भएको स्वास्थ चौकीको सङ्ठनात्मक संरचना , क्षेत्रीय , विभाग र मन्त्रालयको परिपत्रको साथै अख्तियार अनुसन्धान आयोग र सर्वोच्च अदालतको फैसला विरुद्ध हुनेछ। ९)एकातिर पालिकामा भएको दरबन्दी स्वास्थ शिक्षा अधिकृतको पढाई नेपालमा नभएकोले जनशक्तिको अभाव र र अर्कोतिर पव्लिक हेल्थ पढेको जनशक्तिको उपयोग कम हुन सकिने। १०)हाल लगभग २००० सिअनमी छैठो भएको पनि भोलिको दिनमा इन्चार्जको लागि लडाइँ गर्न सक्ने उच्च सम्भावना देखिने जोखिम ।
११) स्वास्थ चौकीमा बैधको पनि दरबन्दी राख्दा सेवाग्राही द्विधामा पर्न सक्ने सम्भावना र एलोपैथी र आयुर्वेद बिच आपसी कलह हुन सक्ने (तर आयुर्वेदको दरबन्दी पालिकामा २५००० भन्दा बढी ज. स. भएको ठाउँमा १ जना राख्न सकिन्छ। )
यो समस्याबाट सधैंको लागि समाधानका उपायहरु निम्न छन। १) शैक्षिक योग्यताको कदर हुनेगरी तहगत होइन पदगत नै जिम्मेवारी दिने। (स्वास्थमा रेफरल प्रणाली भएकोले अहेवले हेअलाई , हेअले मेअ र विशेषज्ञलाई रेफर गर्नपर्ने भएकोले) २) तहगत प्रणाली लागू भएमा पनि स्वास्थ ऎनमा भएको लोक सेवाको प्रक्रिया पूरा गरि ऎनको दफा ८(१) अनुसार मात्र पदपुर्ति गर्ने कानुनी व्यवस्था भएको र बिना शैक्षिक योग्यता नेपाल स्वास्थ व्यवसाय परिषदमा दर्ता प्रमाण पत्र बिना अरु कुनै प्रक्रियाबाट पद पुर्ती नगर्ने।
३)हालसम्म छेठौ पद नभएकोले ऎनमै छेठौ पद सिर्जना गरि कम्तीमा pcl in general medicine को शैक्षिक प्रमाण पत्र वा सिअहेवको ६ महिने तालिम लिएको बिच प्रतिस्पर्धा गराई ( आन्तरिक ६५% र समायोजन ३५%) लोक सेवा प्रक्रियाबाट मात्र छैठो पदको पुर्ती गर्ने। ४) सिअहेव छैठौंको प्रकार विभिन्न भएकोले सबैलाई समान रुपमा नहेरी शैक्षिक योग्यतालाई कदर गरी छैठो पदमा समायोजन हुन चाहनेहरुलाई कम्तीमा पाँचौ (pcl in general medicine)को शैक्षिक योग्यता हुनेहरुलाई लो.से.को प्रक्रियाबाट मात्र व्यवस्थापन गर्ने ( किनकी निजामतीमा २४ (घ) लागू हुदा पनि कम्तीमा प्रवीणता प्रमाणपत्रको शैक्षिक प्रमाणपत्र भएकोलाई मात्र अधिकृतमा पदस्थापना गरेकोले) ५) दुई तह स्तरबृद्दी कायम हुनुपर्ने अथवा एक तह बढुवा नै हुनेगरी ऎन बनाउनुपर्ने।
६) हे अ( प्रवीणता प्रमाणपत्र सामान्य चिकित्सा ३ बर्षे एकेडेमीक कोर्स गरेकोले समूह नै परिवर्तन गरि ज. हे.स. समुहमा राख्ने। ७) सिअहेव र सिअनमिहरुलाई Task shifting को वयवस्था हुनुपर्ने माथिल्लो तहको योग्यता नभएकोलाई (१८ महिने तालिम लिएका सिअनमी छैठोहरुलाई पनि अहेव १५ महिने तालीम सिहेव छैठौं जस्तै समान जिम्मेवारी दिने।
चन्द्रदेव ठाकुर , हेल्थ असिस्टेन्ट















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…