घरेलु हिँसाका कारण कैयौँ परिवारको विच्चली भएको छ : सशस्त्र प्रहरी
घरेलु हिंसाका कारण समाज दिनप्रतिदिन पछाडि धकेलिदै गएको !

२०७५ भदौ २३ शनिबार, बिहान ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महिनाथपुरद्धारा घरेलु हिंसा बढिरहेको कुरालाई मध्यनजर गर्दै धनुषाको बिदेह नगरपालिका वडा नम्बर २ स्थित शंकर जनता उच्च मा बि दुहबीमा घरेलु हिंसा सम्बन्धि एक दिने कक्षा सँचालन गरियो ।
घरेलु हिंसा बढीरहेको बेला सशस्त्र प्रहरीले गरेको यो कार्यक्रम निकै उपलब्धिमुलक रहेको वडा नम्बर २ का वडा अध्यक्ष श्रवण कुसियैतले बताउनुभयो । घरेलु हिंसाका कारण समाजमा विभिन्न प्रकारका समस्या देखिन थालेको उनले बताए ।
घरेलु हिंसा भैरहेको परिवारका बाल बालिकाको पढाई लिखाइमा प्रगति हुन नसक्ने सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महिनाथपुरका इन्पेक्टर ककु राम बुढाथोकीले बताए ।
घरेलु हिंसाका कारण समाज दिनप्रतिदिन पछाडि धकेलिदै गएको बुढाथोकीले भने, उनले भने हिंसा हुन लागेको थाहा हुने बितिकै सम्बन्धित निकायमा तत्काल खबर गर्न शिक्षक विद्यार्थी सँग आग्रह गर्नुभयो ।
दिनानुदिन समाजमा घरेलु हिँसाकै कारण विभिन्न प्रकारको जटिल समस्याको उत्पति भएको भन्दै घरेलु हिँसा विरुद्ध सबैलाई एक जुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…