बर्दिबासमा एक महिलाको बेवारिसे शव फेला
शवको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

२०७५ भदौ २० बुधबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको बर्दिबासमा एक जना महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ ।
मंगलबार वर्दिवास नगरपालिका ८ स्थित लोप्चनटोलमा अन्दाजी ४०, ४५ बर्षकी महिलाको शव प्रहरीले फेला पारेको हो । हरियो रंगको सारी, घाटीमा हरियो रंगको थैलि भिरेको महिलाको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खडकाले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…