दुहवी बाट लागु औषध गाँजा सहित दुई जना पक्राउ
प्रहरीका अनुसार हमिद मिया गांजा ओसार पोसार लामो समयदेखि गर्दै आएको अनुमान गरिएको छ |

२०७५ भदौ १९ मंगलबार, बेलुकी ५:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरी प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
सुनसरीको दुहवी नगरपालिका वडा न १ प्रासटोकि बस्ने अनदाजि ४५ वर्षका सरिफ मिया र ६५ वर्षका हमिद मियालाई विशेष सुराकिको आधारमा घरबाटै पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ ।
प्रहरीका अनुसार हमिद मिया गांजा ओसार पोसार लामो समयदेखि गर्दै आएको अनुमान गरिएको छ भने विशेष सुराकिको आधारमा १७ गते दिउसो २ बजेको समयमा मियाको घरबाटै ३१२ ग्राम गांजा सहीत मियालाई पक्राउ गरिएको थियो ।
उता, अर्का गाँजा व्यापारी सरिफ मियालाई पनि गांजा सहित घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामनरायण माझिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…