चुनावमा देशको चित्र र जनता भित्रको आशा
देशकाल प्रत्येक देशका जनताले आफनो मनमा आफनो देशको सुन्दर चित्र वनाएका हुन्छन । ती चित्रहरुमा रंग र तरंग हुन्छन । जनता सुन्दर, शालीन र सभ्य देखिन चाहन्छ । यसमा उसकै कल्पना हुन्छ । त्यही अनुरुप मानिसका चित्र हुुन्छन । नेपालका वारेमा पनि जनताले आ–आफनै क्षमता अनुसारको देशको तस्वीर खिचेका छन । एउटा यस्तो

२०७४ मंसिर २५ सोमबार, राति १:०६ बजे४ मिनेट पढाइ

देशकाल
प्रत्येक देशका जनताले आफनो मनमा आफनो देशको सुन्दर चित्र वनाएका हुन्छन । ती चित्रहरुमा रंग र तरंग हुन्छन । जनता सुन्दर, शालीन र सभ्य देखिन चाहन्छ । यसमा उसकै कल्पना हुन्छ । त्यही अनुरुप मानिसका चित्र हुुन्छन ।
नेपालका वारेमा पनि जनताले आ–आफनै क्षमता अनुसारको देशको तस्वीर खिचेका छन । एउटा यस्तो देश जहाँ गरिवी नहोस, कामको खोजीमा जनताले विदेशिन नपरोस । स्वास्थ्य सेवाको अभावले कोही अकालमा मर्नु नपरोस । शिक्षाका अभावमा कुनैपनि बालबालिका अन्धकारमा वस्न नपरोस । शहरहरु सुविधायुक्त हुन । गाउँहरु हराभरा र समृध्द देखियुन । यो वाहेक जनताले केही खोजेको छैन ।
देशमा अहिले आएको परिवर्तन र त्यसको एक अविभाज्य अंगको रुपमा अहिले भइ रहेकोे चुनाव नियमित प्रक्रियाको हिसावले आएको होइन । यसको सन्दर्भ माओवादी जनयुध्दसंग जोेडिएको छ । जनताको समान अधिकार, स्वाभिमान र जागरणका लागि पटक पटक भएका आन्दोलनहरु र माओवादी जनयुध्दले ल्याएको तरंगमा परिवर्तनको नेपाली नक्सा तयार भएको हो ।
आन्दोलनबाट चुनावसम्म आइपुग्न हामीलाई पूरै एक दशक लाग्यो । पहिलो संविधान–सभाको चुनाव, अन्तरीम संविधान, अन्तरीम संविधानका अपूर्णताहरुका विरुध्द ऐतिहासिक मधेश आन्दोलनले नेपालको इतिहासलाई सुगर्वित तुल्याएको छ । हामी संघीय गणतन्त्र भएका छौं र लोकतन्त्रलाई शासन पध्दतिका रुपमा मात्र होइन, जीवन पध्दतिकै रुपमा आत्मसात गरेका छौं । यसमा कुनै शंका छैन ।
तर, देशको स्थायित्व यत्तिकैमा सम्भव होला भन्न सकिदैन । स्थायित्वका लागि प्रथमतः राजनीतिक एकता चाहिन्छ । यस्तो एकता नैसर्गिक हुन्छ । अहिले देशमा त्त?ो भए त्यसले भविष्यका लागि राम्रो संकेत दिन्थ्यो । तर, यस्तो देखिएन । चुनाव अभियान चरमोत्कर्षमा पुगेको वेला यस्तो कल्पना नगरेकै वेश होला ।
राष्ट्रिय जनता पार्टी (राजपा) अहिले एकपटक फेरी विवादमा छ । पार्टीले स्थानीय तह र त्यसपछिको चुनावमा भाग नलिने निर्णय गरेको भए दुइ नम्वर प्रदेशमा कुनै तरीकाले चुनाव हुन्थ्यो । सरकारले सुरक्षाकर्मीको प्रयो??जपा) अहिले एकपटक फेरी विवादमा छ । पार्टीले स्थानीय तह र त्यसपछिको चुनावमा भाग नलिने निर्णय गरेको भए दुइ नम्वर प्रदेशमा कुनै तरीकाले चुनाव हुन्थ्यो । सरकारले सुरक्षाकर्मीको प्रयोग गरेरै भएपनि चुनाव गराउने थियो । त्यसो भएको भए यतिखेर मानिसहरु विवाह–पन्चमी मेलामा राम–जानकीलाई शुभकामना अभिव्यक्तगर्न जसरी मण्डप अगाडि र मन्दिर परिसरमा चलायमान भएका थिए, त्यही हिसावले राजनीतिक कार्यकर्ताहरु चुनावमा परिचालित हुनु सम्भव थिएन ।
लामो समयसम्म मधेशको मुद्दा उठाएर झण्डै झण्डै थाकेको अवस्थामा पुगेको राजपाको चुनावी अवस्था सोचेजति नराम्रो देखिदैन । तर, चुनावमा मैत्रीपूर्ण दलहरुसंग मित्रताको साटो प्रतिस्पध्र्दामा उत्रिनु उचित थिएन । यो सत्य हो । यो पनि उत्तिकै सत्य हो कि राजपाले आपूmप्रतिको जन विश्वासलाई धान्न सकेको देखिएन ।
नेपाली कांग्रेसका सर्वाधिक सवल नेता विमलेन्द्र निधिसंग राजपा नेता राजेन्द्र महतोको प्रतिव्दन्दिता आत्मघाती निर्णय थियो । मधेश आन्दोलनका उपलव्धिहरुको कार्यान्वयनका लागि आवश्यक दुवै नेता यसरी भिडनु के आवश्यक थियो ? राजपाका नेता महादेव शाहले वताएजस्तै, ‘जनताको मनमा राजपा खाली आन्दोलन मात्रै गर्ने पार्टी हो, यसले चुनावमा भाग लिंदैन भन्ने मनोविज्ञानले कामगर्न थाल्यो ।
हामीले सोचे अनुरुप आन्दोलन र संगठनात्मक संरचनाको निर्माण एकैसाथ गर्न सकेनौ ।’ राजपा नेता राजेन्द्र महतो कांग्रेस नेता निधिका विरुध्द आन्दोलनमा उत्रिनु यही मनोविज्ञान हो ।
जुन जुन दलको सहभागितामा राजपा शक्तिको निर्माण भएको थियो ती दलका कार्यकर्ता शुरु देखि नै चुनावमा सहभागिताको पक्षमा थिए । राजपाको अध्यक्ष मण्डलले यो कुरा वुझन अति नै ढिलो गरेको हो ता पनि यो ढिलाइले चुनावको गति अवरुध्द पारेन । नेताहरुले समयमा नै निर्णय लिएको भए चुनावी वहुमत राजपाकै पोल्टामा जाने थियो । तर, नेतृत्ववीच भएको विवाद र अलमलले राजपा शक्तिको विभाजन मात्र गर्यो ।
राजपा चुनावमा सहभागी भएकोले कुनै वाधा र अवरोध विना चुनाव सम्पन्न हुने निश्चित भएको छ । राजपा चुनावमा सहभागी नभएको भए सीके राउतको ‘मतपत्रमा कोठा वाहिर’ मुहर लगाउने अभियान अझै प्रभावकारी हुने थियो ।
‘लो प्रोफाइल’ मा वसेर देश विभाजनको राजनीति चलाइरहेका राउतको राजनीति देखिए जति लो प्रोफाइल छैन । तराइ मधेशका युवावर्गमा राउतको आकर्षण दिनहूँ वढदै गएको छ । पुराना राजनीतिक दलहरुप्रति अविश्वासको आगो मधेशको युवा मनमा नराम्रोसंग सल्किएकोछ । युवाहरुको समूह नयाँ मान्यतातिर ढल्किइ रहेकोछ । अहिले सीके राउतका कार्यकर्ताहरु चुनावलाई निष्प्रभावी वनाउन सामान्य मतदातालाई मतदानको तरीका पनि सिकाउँदैछन र मतपत्र वदर गराउन ‘कोठा वाहिर’ मुहर लगाउन पनि सिकाइ रहेका छन ।
आपूmलाई वुध्द, गान्धी र मण्डेलाको अनुयायी भन्ने सीके राउत भारत वा अमेरिका कसका एजेण्ट हुन भन्ने प्रश्न यतिखेर त्यति महत्वपूर्ण छैन । उनी नेपालको शासन व्यवस्था विथोल्न यसको अन्तस्करणमा नै प्रहार गरी रहेकाछन । महत्वपूर्ण के हो भने राउतलाई अमेरिका, युरोप लगायतका ३६ वटा विभिन्न देशमा वस्ने मधेश–तराईका नेपालीहरुको दर्जनभन्दा वढी संस्थाको नैतिक, आर्थिक र राजनीतिक सहयोग रहेकोछ । यो अवस्था सुरक्षाको हिसावले गौण होइन ।
निश्चय पनि, चुनावपछि नेपाली राजनीतिले जे जस्तो भएपनि एउटा आकार लिनेछ । राजनीतिले आकार लिए मात्रै हाम्रा समस्या समाधान हुनेवाला छैनन । संघीयताले राज्यको आकारलाई विस्तारित गरेको छ । तर, त्यस अनुरुपका प्राथमिकता आवश्यकताको आपूर्ति र पूर्वाधारको पत्तो छैन । संघीयताको व्यवस्थापन नभएसम्म समावेशी सिध्दान्त लागु हुनेछैन ।
बाँकी दलका नेताहरुले वुझेकै होलान । चुनाव सबैका लागि सुखद होस ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…