धनुषामा रोकिएनन ट्रिपर आतंक, आज फेरी एक जनालाई ठोके
घाईतेलाई धारापानी स्थित ग्राण्डी हस्पिटलमा उपचार भईरहेको छ ।

२०७५ भदौ १६ शनिबार, राति ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषा ट्राफिक प्रहरीले ट्रिपरमा टाईम कार्ड लागू गरेपनि प्रहरीलाई टेरेका छैनन् ट्रिपरबालाहरु ।
यसैक्रममा, शनिबार बेलुका ट्रिपरले मोटरसाईकलमा सवार एक जनालाई ठक्कर दिएर घाईते बनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तगर्त धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोल स्थित पूर्वबाट आउँदै गरेको बा १ ख ५५०४ नम्बरको ट्रिपरले ज ५ प ४८२१ नम्बरको पल्सर मोटरसाईकललाई ठक्कर दिएका हुन् ।
मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ती ट्रिपरले स्थानीय शुक्र बहादुर घपाँगेको २५ बर्षिय छोरा नविन घपाँगेलाई ठक्कर दिएर फरार भएको जनाइएको छ । ठक्करपछि मोटरसाईकलमा क्षति पुगेको छ भने चालक नविन समेत घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेलाई धारापानी स्थित ग्राण्डी हस्पिटलमा उपचार भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…