डुङगा (नाउ) दुर्घटनामा बेपत्ता पाचैं जनाको शव भारतमा फेला !
निमार्ण हुँदै गरेको उक्त पुल दुई सय ४२ मिटर लामो छ भने ७ वटा स्पर रहेका छन् ।

२०७५ भदौ १३ बुधबार, बेलुकी ७:०७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । गएको शनिवार भएको रौतहटको गौर वडा नं.४ टिकुलिया घाट स्थित लालबकैया नदीको डुङगा दुर्घटनामा हराइरहेका पाँचै जनाको शव फेला परेको छ ।
बुधवार भारत शिवहर जिल्ला स्थित नदीमा रौतहटको गौर नगरपालिबका वडा नं. ४ की इन्दुदेवी कुर्मीको शव फेला परेको हो ।
शनिवार साँझ टिकुलियाघाट स्थित लालबकैया नदीमा निमार्ण हुदै गरेको पुलको पिलरमा डुगा ठोक्किएर डुगा दुर्घटना हुदा २२ जनाले ज्यान जोगाउन सफल भएतापनि ५ जना हराएका थिए ।बुधवार गौरकी ४५ बर्षिया कुर्मीको शव भारतको शिवहर जिल्ला स्थित बेलाघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक केदार ढकालले बताएका छन् ।
घटनामा बेपात्ता भएकी गौर ४ टिकुलियाकी ६५ बर्षिया शान्तिदेवी साह र इशनाथ नपा औरयाटोलकी ३५ बर्षिया रुनादेवी पटेल र गौर ४ की १० बर्षिया वालिका उषमा पटेल र १९ बर्षिय ओमप्रकाश चन्द्रबंशीको शव भारतको शिवहर जिल्ला स्थित जमुवाघाट नजिकै फेला परेको थियो ।
। निर्माणको ठेक्का पाएको पप्पु कन्ट्रक्सनको ढिलासुस्तीका कारण जोखिम मोलेर लालबकैया नदी तर्न स्थानीयबासी बाध्य छन् ।२०७४ असार २५ भित्र त्यो पुल निर्माण गरी सक्नुपर्ने थियो । तर हालसम्म पिलर मात्रै गाडिएको छ २०७१ साल असार २६ उक्त पुलको निर्माणका लागि पप्पु कन्सट्रक्सनले सम्झौता गरेको थियो । निमार्ण हुँदै गरेको उक्त पुल दुई सय ४२ मिटर लामो छ भने ७ वटा स्पर रहेका छन् ।
निर्माणको ठेक्का पप्पु कन्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार एकसय पचास रुपैयाँमा लिएको थियो । ठेकेदारले पुल निर्माणमा लापरबाही गरेपछि सडक डिभिजन कार्यालयले २०७४ माघ २९ गते यता सम्झौता अनुसार काम गर्न भन्दै पटक पटक पत्राचार गरिरहेको छ ।
लालबकैयामा चल्ने जीर्ण डुंगा तालिम नलिएका चालकहरुले चलाउने गरेको, सम्भावित दुर्घटना रोक्न न्यूनतम् सुरक्षाको समेत ख्याल नगरेको, डुंगाको अनुगमनमासमेत स्थानीय सरकारले चासो नदिएको कारणसो दुर्घटना भएको युवा नेता शम्भु साहले आरोप लगाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…