अपमान गरेको भन्दै गौरका मेयरद्धारा मुख्यमन्त्री राउतको कार्यक्रम बहिष्कार
मेयर गुप्ताको नाम लिन खोज्दा मुख्यमन्त्री राउतले उद्घोषकबाट माईक खोसेर एक्लै भाषण गरेर समापन गर्दै मञ्चबाट झरेका थिए ।

२०७५ भदौ ११ सोमबार, दिउँसो १:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । रौतहतको गौर नगरपालिकाका मेयर अजय गुप्ताले प्रदेश नं. २ मुख्यमन्त्री मो. लालबाबू राउतको कार्यक्रम बहिष्कार गरेका छन् ।
सोमबार दिउँसो डुङगा (नाउ) दुर्घटनाको नीरिक्षण गर्न घटनास्थल पुगेका मुख्यमन्त्री राउतले पार्टीगत हिसाबले अन्य नगरपालिकाका मेयरलाई आसन ग्रहण गराएपनि गृह नगरमै आफूलाई आसन ग्रहण नगराको भन्दै अपमान गरेको बताएका छन् ।
मुख्यमन्त्री मो. लालबाबू राउतले संघीय समाजवादी फोरमबाट रौतहटकै देवाहीगोनाही नगरपालिकाका मेयर धमेन्द्र पटेललाई अध्यक्षता गराए, तर आफनै गृहनगरमा आएर आफूलाई अपमान नै गरयो । आफू राजपाबाट विजयी भएको मेयर हुँ, यहाँको मेयरको हैसियतले त्यस कार्यक्रमको अध्यक्षता आफ्नो हुनुपर्ने थियो, मलाई आपत्ति भएन, तर आसन ग्रहणको लागि समेत नभनेपछि बहिष्कार नगरे के स्वागत गर्ने हो ? सार्वजनिक कार्यक्रममा पार्टीको दृष्टिकोणले हेरेपछि बहिष्कार गरेका हौं । - उनले भने ।
मेयर गुप्ताकै नगरपालिकाको टिकुलियामा आयोजित कार्यक्रममा देवाहीगोनाही नगरपालिकाका मेयर पटेललाई अध्यक्षताको लागि आसन ग्रहण गराएपछि मेयर गुप्ताले बहिष्कार गरेका हुन् ।
मेयर गुप्ताको नाम लिन खोज्दा मुख्यमन्त्री राउतले उद्घोषकबाट माईक खोसेर एक्लै भाषण गरेर समापन गर्दै मञ्चबाट झरेका थिए ।
पीडित परिवारलाई १ लाख २५ हजार दिने घोषणा
आफ्नो नगरपालिका भित्र यस्तो दुर्घटना भएको भन्दै मृतक परिवारप्रति शोक व्यक्त गर्दै मृतक परिवारलाई नगरपालिकाको तर्फबाट १ लाख २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।
साथै, बेपत्ता यात्रुहरुलाई खोज तलास तीव्र पार्न स्थानीय प्रशासनसँग आग्रह समेत गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…