डुङगा दुर्घटनाका मृतक परिवारलाई २ लाख २५ हजार राहत दिने मुख्यमन्त्री राउतको घोषणा
उक्त घटनाका अन्य जना भने अझै बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएका छन् ।

२०७५ भदौ ११ सोमबार, दिउँसो १:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल | रौतहटमा भएको डुङगाा दुर्घटनामा ज्यान गुमाउनेको पीडित परिवारलाई २ लाख २५ हजार दिने घोषणा गरेका छन् ।
शनिबार साँझ रौतहटको गौर नगरपालिका वडा नं. ४ स्थित रहेको बकैयाँ नदिको टिकुलिया घाटमा डुङगा (नाउ) पल्टिएपछि सवार सबै यात्रु पानीमा बगेका थिए । उक्त दुर्घटनाबाट २२ जनालाई सकुशल उद्धार गरिएको हो भने दुई जनाको लास भारतको शिवहर जिल्लाबाट बरामद गरिएको हो ।
दुर्घटनाको मुआयना गर्न घटनास्थल पुगेका प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले मृतक परिवारलाई २ लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।यसका साथै, उक्त घटनाका घाईतेहरुलाई समेत प्रति घाईते २५ हजारको दरले प्रदेश सरकारबाट सहायता गर्ने घोषणा गरे ।
उक्त घटनाका अन्य जना भने अझै बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएका छन् । मुख्यमन्त्री राउतले ग्राउण्ड जिरो पुगेर नीरिक्षण गर्दै स्थानीय प्रशासनलाई बेपत्ताहरुको खोजी गर्न कुनै कसर नछाडनु निर्देशन दिदै मृतक परिवारप्रति संवेदना समेत प्रकट गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…