'पप्पु कन्स्ट्रक्सन' को कारण डुङगा डुबेको ठहर, मृतक परिवारलाई सहयोग
पूल निर्माण गर्ने ठेक्का लिएका पप्पु कन्स्ट्रक्सनले ५ वर्षको अवधिमा काम पुरा नगरेपछि दुर्घटना भएको हो ।

२०७५ भदौ १० आइतबार, राति ८:०३ बजे२ मिनेट पढाइ

सँजय सहनी |
रौतहट, १० भदौ । शनिबार साँझ करिब ७ ३० बजेको समयमा रौतहटको गौर नगरपालिका वडा नं. ४ स्थित रहेको बकैयाँ नदिको टिकुलिया घाटमा डुङगा दुर्घटना स्थानीय पप्पु कन्सट्रक्सनको कारण भएको ठहर गरिएको छ ।
रौतहटकी प्रतिनीधिसभा सदस्य रेखा कुमारी झाले एक प्रेस विज्ञप्ति जारी गर्दै टिकुलिया घाटमा भएको डुङगा दुर्घटनाको मुख्य जिम्मेवार पप्पु कन्स्ट्रक्सनलाई ठहर गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने प्रतिवद्धता जाहेर गरेकी छन् ।
४० जना सवार डुङगा दुर्घटनाबाट २२ जनाको सकूशल उद्धार गरिएको छ भने दुई जनाको शव बरामद भएको छ तथा अन्यको अवस्था अझै अज्ञात रहेको छ । साथै, उक्त घाटमा ३ वर्षमै पूल निर्माण गर्ने ठेक्का लिएका पप्पु कन्स्ट्रक्सनले ५ वर्षको अवधिमा काम पुरा नगरेपछि दुर्घटना भएको हो । प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उद्धार कार्यमा अहोरात्र खटेका प्रमुख जिल्ला अधिकारी सहित शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय युवाहरुलाई धन्यवाद ज्ञापन गर्दै पीडित पक्षलाई दोषी पक्षबाट क्षतिपूर्ति दिलाउने जनाइएको छ ।
मृतकको दाहसँस्कारको लागि उपमेयर ठाकुरको सहयोग
रौतहट गौर नगरपालिकाकी उपमेयर किरण ठाकुरले डुङगा दुर्घटनामा ज्यान गुमाएकी गौर नगरपालिका वडा नं. ४ की शान्ती देवीको जेठो छोरालाई दाह सँस्कारको लागि रकम उपलब्ध गराएकी छन् ।
डुङगा दुर्घटनामा परी बकैयाँ नदिमा बगेर भारत बिहारको शिवहर जिल्लाको बेल्बा घाटमा शान्ती देवीको लास आईतबार विहान खोजीकर्ताहरुले फेला पारेको थियो ।
विपन्न परिवार रहेको शान्ती देवीको जेठो छोरा रामबाबु साहलाई नगरकी उपमेयर किरण ठाकुरले २५ हजार रुपैयाँ रकम सहयोग गरेकी छन् । शान्तीदेवीको दाहसँस्कारको लागि उक्त रकम सहयोग गरिएको उपमेयर ठाकुरले बताईन । यसका साथै पीडित परिवारलाई नगरपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन ।
मृतक रुना देवीको परिवारलाई ५० हजार सहयोगको घोषणा
डुङगा दुर्घटनामा ज्यान गुमाएकी रौतहट ईश्नाथ नगरपालिकाकी रुना देवीलाई नगरका मेयर सँतोष मेहताले ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने घोषणा गरेका हुन् ।
मृतक रुनादेवीको दाहसँस्कार सहित उनको परिवारलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…