डान्स जगतको सबभन्दा ठुलो "नेपाल सुपर डान्सर" शो हुने
यस शो मा छात्रछात्राहरुले समेत भाग लिन पाउने आयोजक समितिले जनाएको छ ।

२०७४ मंसिर २५ सोमबार, राति १२:०८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २५ मँसिर । नेपालमै पहिलो पटक डान्स जगतको सबभन्दा ठुलो रियलिटी शो नेपाल सुपर डान्सर हुने भएको छ ।
सुपर शो को लागि प्रथम अडिसन जनकपुरमा हुने आयोजक समितिले जनाएको छ ।
एमएफ प्रोडक्सनको प्रस्तुति तथा BEATS AND STEP DANCE SCHOOL जनकपुरधामको सहयोगमा प्रथम अडिसनको लागि तयारी पुरा भएको जनाइएको छ ।
देशभरिबाटै उत्कृष्ट डान्सरहरु छान्नका लागि तथा विशेषत तराई मूलबाट उत्कृष्ट डान्सरहरु छान्नका लागि पहिलो डान्स अडिसन जनकपुरको होटेल वेलकममा राखिएको आयोजकले जनाएको छ ।
आउँदो मँसिर २७ गते बुधबार विहान ९ ३० बजेदेखि अडिसन हुने जानकारी छ ।
के तपाईहरु अडिसनका लागि तयार हुनुहुन्छ ? पहिलो नेपाल सुपर डान्सर बन्नको लागि ?
नेपाल सुपर डान्सरमा भाग लिनको लागि उमेर समेत तोकिएको छ ।
आयोजकले १० बर्षदेखि २५ बर्षसम्मका युवाहरुले भाग लिन पाउने जनाएको छ ।
भाग लिनको लागि अँग्रेजी, नेपाली, मैथिलीमा आफनो डान्स कला प्रस्तुत गर्न पाउनेछन् ।
तराई क्षेत्रमा मात्र होईन नेपालमै पहिलो पटक यत्रो ठुलो डान्सको रियलिटि शो हुन लागेको आयोजकले दाबी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…