धनुषाका युवा वैज्ञानिक अमर मण्डल कबाडमा समान बटुल्टै !
न्यूज ब्यूरो | जनकपुरधाम, ६ भदौ । कबाड सामान बटुल्दै, मेसिन आविष्कार गर्दै अम्बरआफूले बनाएको धानगहुँ काट्ने मेसिनका साथ अम्बरबहादुर मण्डल । आजको न्यूजपेर दैनिक मा समाचार प्रकाशित गरिएको छ । कबाड भन्ने शब्द सुन्ने वित्तिकै जो कोहीलाई लाग्छ–काम नलाग्ने वा पुरानो भएर कन्टेनरमा फालिएको सामान । तर, त्यही

२०७५ भदौ ६ बुधबार, बिहान ९:४१ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो |
जनकपुरधाम, ६ भदौ । कबाड सामान बटुल्दै, मेसिन आविष्कार गर्दै अम्बरआफूले बनाएको धानगहुँ काट्ने मेसिनका साथ अम्बरबहादुर मण्डल । आजको न्यूजपेर दैनिकमा समाचार प्रकाशित गरिएको छ ।
कबाड भन्ने शब्द सुन्ने वित्तिकै जो कोहीलाई लाग्छ–काम नलाग्ने वा पुरानो भएर कन्टेनरमा फालिएको सामान । तर, त्यही फालिएका कबाड समान बटुलेर केही नयाँ चिज आविष्कार गरेका छन, धनुषाको धबौली–७ का २६ वर्षीय अम्बर कुमार मण्डलले ।
उनले सन्देश पनि दिएका छन, कबाड सामानबाट पनि नयाँ केही आविष्कार गर्न सकिन्छ भनेर । सानै उमेरबाटै नयाँ कुराको खोजी गर्नु, मेसिनरी सामानहरुसँग भिजेर बस्नु, पुराना मोटरसाइकल– साइकलका पार्टपूर्जा खोलेर हर्ने र आफै बनाउने प्रयास गरिरहन्थ्ये अम्बर ।
फलस्वरुप उनी सफल पनि भए । कवाड मोटरसाइकल, साइकल तथा मेसनरी सामान बटुलेर अम्बरले धान गहुँ काट्ने मसिनदेखि विद्युतीय पोलमा चढ्ने मेसिन तथा वाटर पम्पसमेत निर्माण गरेका छन्।
जनकपुर देखी २५ किलोमिटर पूर्वमा पर्ने मण्डलको
गाउँमा पढे लेखेकाहरुको संख्या निकै कम छ। १० कक्षा पनि पढ्न नसकेका मण्डल आर्थिक रुपमा विपन्न भएकै कारण सानै उमेरमा वैदेशिक रोजगारमा जान बाध्य भए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…