स्वास्थ्य संस्थामा सुधारमा कुनै कसर बाँकी राख्दैन : स्वास्थ्य राज्यमन्त्री यादव
निजीक्षेत्रसँग सहकार्य गरि समयमै स्वास्थ्य संस्थालाई सुधारोन्मुख गरिने

२०७५ भदौ ५ मंगलबार, राति ८:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
महोत्तरी, ५ भदौ। सरकारले स्वास्थ्य संस्थामा सुधार गर्नका लागि कुनै कसर बाँकी नराख्ने नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले बताउनुभएको छ । मंगलवार महोत्तरीको रामगोपालपुरमा आयोजित एक समारोहकाबीच सो कुरा बताएका छन ।
आर्थिक बर्ष २०७५/०७६ को बजेटमा सरकारले २३ सय अस्पताल बनाउनको लागि ७५ करोड रकम छुटयाएको राज्यमन्त्री यादवले जनाउनुभएको छ । सरकारले अगामी केही दिनमै हरेक वडामा हेल्थ पोष्ट र स्थानिततहमा १५ वेडको अस्पताल बनाईने प्रक्रिया सुचारु भईसकेको मन्त्री यादवले जानकारी दिनुभयो ।
त्यस्तै सरकारले ४ अर्व रुपैयाँ हरेक स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्नका लागि रकम छुटयाएकोले सर्वसधारणहरुलाई अब उपचार गराउनको लागि वाहिर जानुनपर्ने तर्क राख्नुभएको छ । समयमै काम गर्नका लागि नेपाल सरकारले निजीक्षेत्रसँग सहकार्य गरि समयमै स्वास्थ्य संस्थालाई सुधारोन्मुख गरिने धारणा राख्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…