जकपुरधाममा झुलनोत्सवको रौनक चारैतिर, झुलामय जनकपुरधाम
उक्त अवसरमार झुल्नोत्सव पर्व हेर्नका लागि नेपाल भारत बाट व्यापक संख्यामा तिर्थ यायत्रीहरु जनकपुरधाम आउने गरेका छन् ।

२०७५ भदौ ४ सोमबार, बिहान १०:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ४ भदौ । विश्वमै जनकपुरमा सबभन्दा पवित्र र धार्मिक स्थलम मानिन्छ ।
प्रत्येक वर्षे साउन शुक्ल तृतीयाको सुरुवातसंगै पूर्णिमा सम्म मनाइने झुलाउत्सवको रौनक मिथिलाञ्चलमा छाएको छ ।

जनकपुरधाम स्थित प्रत्येक मठ मन्दिरमा बिभिन्न धार्मिक कृत्य भजन कीर्तनका साथमा झुला महोत्सव गर्ने गरिएको छ। झुलनोत्सव मैथिली संस्कृतिको मौलिक संस्कृति भएपनि पछिल्लो समय झुलन महोत्सवको आनन्द सबैले लिने गरेका छन् । जनकपुरबाट प्रकाशित हुने आजको न्यूजपेपर दैनिक पत्रिकामा समाचार छ ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सनातन धर्मावलम्बीहरुले मठ मन्दिरमा झुला महोत्सव धुमधामका साथ मनाईरहेका छन् ।
झुलनोत्सव पर्व मिथिलाञ्चल क्षेत्र भारतको विहार राज्यको तिरहुत क्षेत्र, जनकपुरको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठ लगायत धनुषा, महोत्तरी, सर्लाही, सहितका जिल्लाको विभिन्न मठ मन्दिरमा १५ दिन सम्म बडो धुमधामका साथ मनाइने धार्मिक परम्परा रहेको छ ।
झुलनोत्सवको अवसरमा प्रत्येक मठ मन्दिरमा मणिपर्वत पर्व हर्षोल्लासका साथ सम्पन्न गरिन्छ । सो पर्व सुरु हुनु भन्दा जनकपुरधामको मठ मन्दिरमा झुल्नोत्सवको रौनकता अगाडि मठ मन्दिरबाट लावा लस्कर सहित बाजागाजाका तथा मंगलगान संगै भव्य जुलुस निकाली पर्वको सुरुवात गर्ने गरिन्छ ।
मणिपर्वत पर्व भगवान् राम र सिताको शुभविवाहकै पालादेखि मनाइँदै आएको जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको भनाई छ । मणिपर्वत पर्व विधिवत् सम्पन्न भए पश्चात् साँझ देखि स्थानीय मठ मन्दिरमा धार्मिक रीतिअनुसार झुलनोत्सव गर्ने गरिएको छ । राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी भगवानका प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुल्याउने गरिन्छ ।
तसर्थ यसलाई झुलन अथवा झुला भनिन्छ । यो भक्तिभावले भरिपूर्ण लोकोत्सव भएकाले भक्तजनहरु र श्रद्धालुहरु रातभरि कीर्तन र नाचगान गरेर यसलाई मनाउने गर्दछन् ।
झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भ देखि नै भएको मानिन्छ । सन्तहरु खुला चौरमा अथवा कुनै रुखको छहारीमा वास बसेपनि आफ्नो झोलामा श्रद्धासाथ ल्याएका शालीग्रामलाई आसनमा राखि झुलाउने गर्दथे ।
सम्भवत : यो परम्परा त्यसैबेला देखि सुरुवात भएको विश्वास छ । झुल्नोत्सव पर्व अन्तर्गत प्रत्येक दिन साँझ विभिन्न प्रकारको झाकी सहित भगवान राम, जानकी सहितका देवीदेवताहरुलाई कलात्मक झुलामा राखेर रेशमको डोरीले तानी १५ दिन सम्म झुलाउने परम्परा रहेको छ ।
उक्त अवसरमार झुल्नोत्सव पर्व हेर्नका लागि नेपाल भारत बाट व्यापक संख्यामा तिर्थ यायत्रीहरु जनकपुरधाम आउने गरेका छन् । आजको न्यूजपेपर दैनिकमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…