हेल्प मधेसीद्धारा समाचारको धम्कीपूर्ण खण्डन, दिपकको आरोप व्यक्तिगत
हेल्प मधेसीले जारी गरेको विज्ञप्तिमा मानहानीको मुद्दा समेत उजुरी गर्न सकिने भनेर धम्कीपूर्ण शब्दहरु उल्लेख गरिएको छ ।

२०७५ भदौ २ शनिबार, दिउँसो ३:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २ भदौ । वैदेशिक रोजगारीको क्रममा रहेका युवाहरुद्धारा सँचालित हेल्प मधेसी नामक सँस्थाले सँस्थामा कुनै फुट नभएको भनेर आरोपलाई धम्कीपूणर्् तरिकाले खण्डन गरेको छ ।
हेल्प मधेसीसँगै आवद्ध रहेको दिपक यादवले आफूहरुलाई हेल्प मधेसी सँस्था उपर विश्वास भएपनि केही पदाधिकारी उपर विश्वास नभएको प्रतिक्रिया दिएपछि हेल्प मधेसी सँस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस आरोपलाई खण्डन गरेको छ ।
विगत १२ वर्षदेखि सउदी जेलमा कैदी जीवन विताईरहेका धनुषाका उमेश यादव बचाउ अभियानको लागि संकलन गरिएको रकम हेल्प मधेसीमै पूर्ण पार्दर्शी नभएको भन्दै दिपक यादवले असन्तुष्टि प्रकट गर्दै उमेशका परिवारलाई भिन्नै १ लाख ३९ हजार रुपैयाँ घरमै पुगी हस्तान्तरण गरेका थिए ।
न्यूज ब्यूरोले रकम हिनामिना गरेको भन्दै हेल्प मधेसीमा फुट, उमेश परिवारलाई सहयोग शिर्षकको समाचार प्रकाशित गरेपछि हेल्पमधेसीका पदाधिकारीहरुले असन्तुष्टि जनाएका थिए भने कैँयो पदाधिकारहरुले अपशब्द, गाली गलौच दिएरै आफ्नो परिचय जाहेर गरेका थिए ।
हेल्प मधेसीले जारी गरेको विज्ञप्तिमा मानहानीको मुद्दा समेत उजुरी गर्न सकिने भनेर धम्कीपूर्ण शब्दहरु उल्लेख गरिएको छ ।
उमेश यादवको बारेमा जब कसैलाई थाहा पनि नभएको र परिवारले समेत हिम्मत हारिसकेको अवस्थामा न्यूज ब्यूरोले प्रथम पटक गाउँस्तरबाट समाचार प्रकाशित गरेपछि देश विदेशमा उमेशलाई चर्चाको विषय बनाएको थियो ।
उमेशको ब्लडमनीको लागि "हेल्प मधेसी कत्तार" ले ६ लाख रुपैयाँ सहयोग गर्ने
यसका साथै, हेल्प मधेसीले दिपक यादवको कुनै प्रकारको आवद्धता तथा संलग्नता समेत नरहेको प्रष्टाएका छन् भने उमेश बचाउ अभियानको लागि रकम संकलन गर्ने समयमा हेल्प मधेसीले दिपक यादव समेत हेल्प मधेसीकै रहेको भनेर जिकीर सहित स्वीकार गरेको थियो ।
विज्ञप्तिमा दिपक कुमार को हो र उ यो सँस्थामा कुनै किसीमले आबद्ध छैन । यो सँस्थामा कुनै नामै नभएकालाई सँस्थाको आन्तरिक कुरोको जानकारी कसरी भने भने कुरो एउटा न्यूजबला सरोकार राख्नेसँग हुनु अति आवश्यक छ छैन भनि कुरा न्यूजबलालाई थाहा हुनुपर्छ । दिपक हेल्प मधेसीको सदस्य नभएपनि आन्तरिक कुराको बारेमा बोलेपछि हेल्प मधेसीसँग आवद्धहरुले आपत्ति जनाएका छन् ।
मिसन उमेश : हेल्प मधेसीद्धारा उमेश बचाउको लागि ६ लाख सँकलन
यता, हेल्प मधेसी कत्तार च्याप्टरका अध्यक्ष पवन ठाकुरले भने हेल्प मधेसीमा सबैले तनमनधनले लागिरहेको हुनाले सबै सदस्य हुने गरेको बताएका छन् ।
न्यूज ब्यूरोको प्रधान सम्पादक काशिन्द्र शर्मा, हेल्पमधेसीका अध्यक्ष पवन ठाकुर र दिपक यादवको भेटवार्ताको क्रममा ठाकुरले फुटको समाचारलाई मौखिक खण्डन गरेका थिए भने दिपकले समेत बलदिया ३८ क्याम्पका युवाहरुले हेल्पमधेसीको नाममा रकम संकलन नमानेको दाबी गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…