मिसन उमेश : हेल्प मधेसीद्धारा उमेश बचाउको लागि ६ लाख सँकलन

२०७५ बैशाख २१ शुक्रबार
रति १०:०८ बजे


न्यूज ब्यूरो ||
जनकपुरधाम, २१ बैशाख ।
उमेश बचाउ अभियानमा सक्रिय देशविदेशका नेपालीहरुले आर्थिक सँकलन कार्य तीव्र पारेका छन् ।

 

यसैबीच, कत्तारमा कार्यरत नेपाली युवाहरुको समूह हेल्प मधेसीले उमेश बचाउको लागि माग गरिएको ३० लाख नेपाली रुपैयाँलाई मध्यनजर गर्दै ४ दिनमा ६ लाख रुपैयाँ जम्मा गर्न सफल भएका छन् ।

 

उमेश बचाउको लागि चाहिने माफीनामा वापत पाकिस्तानी पीडित परिवारले ३० लाख रुपैयाँ माग गरेको भन्दै सहयोगको लागि गरिएको अपिलमा हेल्प मधेसी नामक सँस्थाले शुक्रवारसम्म ६ लाख रुपैयाँ सँकलन गरेका छन् ।

 

 

हेल्पमधेसी कत्तार च्याप्टरका अध्यक्ष पवन ठाकुरको अध्यक्षतामा आज बसेको एक वृहत बैठकबाट हेल्प मधेसीका  दिपक कुमार यादवले १७ हजार बढी कत्तारी रियाल साँझसम्म मात्र जम्मा भएको तथा अबेररातीसम्म ६ लाख नेपाली रुपैयाँ सँकलन भइसक्ने आश्वासन न्यूज ब्यूरोलाई दिए । 

 

उनले भने, "हेल्प मधेसी समाजिक सँस्थामा आवद्ध मधेसी मूलका नेपाली युवाहरुले उमेश बचाउको लागि जुन प्रकारले तत्परता देखाएका छन् त्यो आफैँमा सराहनीय छ , हामीले उमेशको ब्लडमनीको नाममा ६ लाख रुपैयाँ सँकलन गर्न भ्याएका छौँ, अहिले पनि समय छ र लक्ष्य समय भन्दा अघि नै थप सहयोगसम्म गर्न तयारी गरेका छौँ ।" 

 

सँकलन गरिएको रकममा अहिले हेल्प मधेसीकै कोषमा राखिने छ भने ती रकम उमेशको आमाबुवाको नामको अधिकारिक खाता भए मात्र खातामा हाल्ने जनाइएको छ । 

 

गैर सरकारी सँस्था ग्रोविन्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले सँस्थाको बैँक खातालाई अधिकारिक भन्दै जारी गरेपछि सहयोगकर्ताहरुले बैँक खातामा रकम जम्मा गर्ने गरेको छ । 

 

यता, हेल्प मधेसीले फाउण्डेशको खातामा रकम जम्मा गर्नुपूर्व पूर्णत जिम्मेवारी वा दायित्वको बोध नभएसम्म खातामा रकम नहाल्ने जनाएका छन् ।

 

सँकलनकर्ता दिपकले भने , "हामीहरुको खुन पसिनाको कमाई छ , उमेश बचाउको लागि हामी जे पनि गर्न तयार छौँ, कानुनी रुपमा केही गर्न नसकेपनि आर्थिक रुपले सहजता प्रदान गर्न कुनै पनि कसर छाड्ने छैनौ । हामीले निर्धारण गरेको लक्ष्य भन्दा जहाँसम्म बढी रकम प्रदान गर्न सक्छौँ तर त्यो भन्दा कम सहयोग गर्दैनौ । मोटो रकम छ त्यतिकै खातामा हाल्दैनौ हामी , हामीसँग सबै सहयोगी हातहरुको एक एक रुपैयाँको हिसाब हुन्छ , उनीहरुको अपेक्षा र आकाँक्षालाई लत्याएर कुनै कदम चाल्दैनौँ ।" 

 

बृहत बैठकमा हेल्प मधेसी कतार च्याप्टरका अध्यक्ष पवन ठाकुर, उपाध्यक्ष विशेश्वर यादव र उमेश यादव, सचिव सतिस यादव, कोषाध्यक्ष राम कल्याण महतो, सह कोषाध्यक्ष विनोद साह र सरोज साह सहित सह सचिव त्रय प्रदीप ठाकुर, सुरेन्द्र साह र राम अधिन यादवको विशेष उपस्थिती रहेको थियो ।

 

बैठकमा सहयोगकर्ता एवम् सँकलन सहजकर्ताहरुमा कत्तार स्थित ओखराबाट बलदिया कम्पनीको राम कुमार, सरोज साह, सनरुला राईन र जीवछ पासवान रहेको थियो भने क्यू.बि.सि. कम्पनी ४३ सनैयाबाट रामबाबु, राजबनारसी, गँगा प्रसाद यादव, रामचन्द्र गुप्ता, राम कुमार सिँहकोे उपस्थिति रहेको थियो । 


यसका साथै क्यूबिसी कम्पनी लेवर सिटीबाट राम प्रकाश यादव, विनोद साह, अनिल यादव, मोहन मण्डल, सँतोष साह र चन्द्र नारायण राय रहेका थिए भने होम साईड, कोम्प, क्यूबिसी कम्पनीबाट राम प्रसाद, राजेन्द्र यादव, ब्रम्हदेवव मण्डल, गणेश साह र लालु झाको सहभागिता रहेको थियो । 

 

उमेश बचाउको लागि अहिलेसम्म बैँकमा कति सँकलन भयो ? 


गैर सरकारी सँस्था ग्रोविन्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले अधिकारिक भनेर जारी गरेको फाउण्डेशनको बैँक खाता नम्बरमा सहयोगकर्ताहरुले निरन्तर सहयोग जारी राखेका छन् ।


मे १२ तारिखसम्म मात्र माफीनामा वापत बुझाउने समय भएको भन्दै आर्थिक सँकलन कार्य तीव्र पारिएको हो ।  

 

यसैबीच, अहिलेसम्म बैँकमा के कति सहयोगार्थ रकम जम्मा भएको छ भनेर खुलाइएको छैन । फाउण्डेशनका अध्यक्ष रायले बैँकमा जम्मा गरिने रकमको एक एक हिसाब प्रत्येक दिनको बैँक स्टेटमेन्ट पार्दर्शी गर्ने प्रतिवद्धता जनाएपनि अहिलेसम्म केकति रकम सँकलन भएको तथा खाँचो कति रहेको भनेर पार्दर्शी गरेका छैनन् ।

 

 

विहिबार न्यूज ब्यूरोसँगको कुराकानीमा रायले बुधबार साँझसम्मको रकमको बारेमा जिकीर गर्दै ५६ हजार रुपैयाँ नेपाली मात्र जम्मा भएको बताए पनि अधिकारिक रुपमा जानकारी गराएनन् ।

 

विहिबार साँझसम्म जम्मा भएको सहयोगार्थ तथा बैँक खाताको स्टेटमेन्ट सार्वजनिक गर्ने भनिएपनि अझ सार्वजनि गरिएको छैन । 
के कति रकम सँकलन भएको तथा लक्ष्य ३० लाखमा कति रकम अपुग रहेको छ भनेर सहयोगकर्ताहरुले जिज्ञासा प्रकट गरेका छन् ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको रत्नपुरमा फुटबल टुर्नामेन्ट हुँदै, भिडदैछ यी ९ टीम

  • २०७५ बैशाख २१ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।  पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus